OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ २२, २०७८जुम्ला,
२७५ पटक

जुम्ला÷ माघ २२ गते, जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन् । विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण कार्यालयका अधिकृत सोनाक्षी सिंहका अनुसार हिउँ पञ्छाएपछि तारा र समिट एयर एक एक फ्लाईट आएको बताउनुभयो ।
भारी हिमपातले करिब फिट बढि परेको हिउँ जिल्ला बिपत व्यवस्थापन समितिको अगुवाईमा विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याए पछि ४ः३० मा जहाज बस्न सफल सकेको थियो ।

धावनमार्गमा झण्डै फिट हिउँ जमेको हिउँ पन्छ्याउनका लागि प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द, अनुसन्धान अधिकृत राजकुमार न्यौपानेले टोली लिएर बिहानै धावनमार्गमा पुगेको थियो ।
शुक्रवार डोजरको सहायताले जुम्ला मान्म खण्ड सुचारु गरेको टोलीले शनिवार बिमान स्थलको धावन मार्ग क्लियर गरेर सफा भईसकेको छ ।

धावन मार्गमा नेपाली सेना, प्रहरी, शशस्त्र प्रहरी, चन्दननाथ नगरपालिका, सड्क, पूर्वाधार कार्यालयका गाडि, डोजर, ट्याक्टर,् लगायतका साधनहरु समेत घण्टौ गुडाएर सफा गरिएको थियो ।
धावन मार्गमा पहिले सुरक्षाकर्मीले हिउँ पन्छ्याएपछि सवारीसाधन धावनमार्गमा हिउँ पन्छ्याउनका लागि चलाइएको थियो । नन्दबक्स गणका गणपति रविन थापाका अनुसार धावनमार्गको सबै हिउँ हटाइसकिएको र नेपाली सेना उहाँले ‘हिउँ जमेर जहाज अवतरण गर्न नसक्ने भएकोले प्राथमिकताका साथ हिउँ पन्छ्याउन ठूलो संख्यामा नेपाली सेना पनि खटिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले हिमपताले टिकट काटेका धेरै यात्रु नेपालगंज र जुम्लामा अलपत्र भएकाले जिल्लाको सवै निकाय लागेर विहानै देखी विमानस्थल सफाई गरिएको बताउनुभयो ।

स्थानीय जयकृष्ण आचार्यले सुरक्षा निकाय सहित सरोकारवाला निकायले थालेको सक्रियताले सड्क र विमानस्थल खुलेकोले खुशी व्यक्त गर्नुभयो । उहाँले अलपत्र यात्रुलाई सहज भएको र आकस्मिक सेवा सहज हुने भएको छ । जहाँज ३ दिनपछि संचालन भएपछि यात्रुहरुले खुशी व्यक्त गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्