OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ९, २०७८जुम्ला,
८६० पटक

९ माघ २०७८ आइतबार

जुम्लामा भिरबाट लडेर एक किशाेरी मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका ७ निवासी १८ बर्षिय सविता रावतको मृत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनको आईतवार बिहान मृत्यू भएको छ । अस्पतालका नर्सिङ निर्देशक सविना थापाका अनुसार आईतवार विहान किशाेरी सविताको उपचारको क्रममा आईसियूमा मृत्यु भएको हो । उहाँलाई भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुरयाईएको र होश नआएर मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय धनसिंह रावतका अनुसार शुक्रवार वनमा जडिबुटि कोर्न गएको समयमा भिरबाट लडेर रावत वेहोश भएकी थिईन । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लिएर उपचार आईसियूमा उपचार भएपनि होस नफर्किएर मृत्यु भएको थियो । परिवार स्रोतका अनुसार किशाेरी रावत चन्दननाथ माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययन समेत गरिरहेकी थिईन ।

अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशाेरीकाे अन्तिम सस्कार गरिएको बताएको छ । दुर्गममा भिरपाखामा घाँस, दाउरा र कृषिसहित विभिन्न काममा गएर धेरै महिलाको ज्यान जाने घटना बढिरहेका छन् ।

यो समाचार साभार गर्दा अनुमति लिएर मात्रै गर्नुहोला ।

 

प्रतिकृया दिनुहोस्