OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७८सुर्खेत
५४० पटक

१ माघ २०७८, शनिबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सकरातीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

थारु समुदायको नयाँ वर्ष अर्थात मगरहरुको मकर सकराती ‘माघी तथा माघे संकरती’को अवसरमा प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा नेपाली तथा कर्णालीवासीमा शुभकामना सन्देश व्यक्त गर्नुभएको हो । “बहुजाति, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ,” उहाँले भन्नुभयो, “ यो पर्वले पनि पारस्पारिक मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छ ।”

प्रदेश प्रमुख परियारले तरुल, सख्खरखण्ड, लड्डु, माछा, मासु जस्ता परिकार खाने, नाचागन गर्ने, पोखरी, दह तथा तलाउमा गएर नुहाउँने र नाचगान गदै धुमधामका साथ मनाउने यस पर्वले नेपालको साँस्कृतिक विविधतामा महत्वपूर्ण स्थान ओगटेको बताउनुभएको छ । उहाँले साँस्कृतिक पर्वहरुले हाम्रो पहिचान र मौलिकतालाई उजागर गरेको भन्दै थारु तथा मगर समुदायको यस पर्वले आपसी भाइचारा तथा बन्धुत्व कायम भई मुलुकको समृद्धि र विकास गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्