OnlinePana

आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २९, २०७८
११२८ पटक

२९ मंसिर २०७८, बुधबार

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला गरेको छ । आयोगले आउँदो पुस १२९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने जनाएको छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयसहित गरे जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाईएको आयोगले बताएको छ ।

आयोगका अनुसार दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । लिखित परीक्षा चैत्र १५ गते बिहान ११ः०० बजे सातवटै प्रदेशका मुकामहरुमा हुने कुरा सूचित गरिएको छ ।

हेर्नुहोस् विज्ञापन

प्रतिकृया दिनुहोस्