OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर २६, २०७८जुम्ला,
९३४ पटक

नेत्र शाही जुम्ला,
खलङ्गा मंसिर २६ गते, जुम्लामा बहुप्रतिष्ठित एमविविएस कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक भब्य समारोहका वीच एमविविएस कार्यक्रमको उद्धाटन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले एमविविएस सहितका कक्षाहरु र त्यहाँको शैक्षिक भवन समेत उद्धाटन गर्नुभएको हो ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आयोजना गरेको उक्त कार्यक्रममा विशेष सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले कर्णालीले डाक्टर उत्पादन गर्यो, अव औषधी समेत उत्पादन गर्ने क्षमता राख्ने बताउनुभयो । उहाँले मेडिकल शिक्षाको हव र कोसेढुगाको रुपमा स्थापित भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कर्णालीको वहुमुल्य जडिवुटिको अनुसन्धान गरेर औषधी उत्पादन गर्ने क्षमता राख्ने शुभकामना दिनु भयो ।

राष्ट्रपति भण्डारीले सोही उद्देश्य अनुरुप प्रधानमन्त्री कृषि आधुनिकिरकण परियोजना अन्तरगत जुम्लालाई स्याउ सुपरजोन कार्यक्रम बिस्तार गरिएको, चन्दननाथ धान अनुसन्धान भएको बताउनुभयो । उहाँले कर्णाली मानेसरोवरको शिर भएकाले त्यहाँ पुग्ने सवै सड्क सरकारको प्रथामिकतामा पर्नुपर्ने, नेपालको राराताललाई मुख्य पर्यटकीय गन्तब्य बनाउन सरकारले प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले ठूलो भूगोल रहेको तर विकासले पछि पारेको कर्णालीलाई अवसर दिएमा, यहाँका सम्पदाको संरक्षण र विकास भएमा राज्यकै समृद्धि हुनेमा दुईमत नरहेको प्रतिवद्धता जनाउनु भयो ।
उहाँले जुम्लामा एमविविएस शुरु हुनु भनेको राष्ट्रकै खुशीको दिन भएको र कर्णालीको गौरवपूर्ण ईतिहास सँगै प्रतिष्ठानले कर्णाली प्रदेशमा समृद्धि ल्याउने शुभकामना दिनुभयो ।

आकस्मिक उद्धारको सेवा लिन अपिल :

उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आकस्मिक हवाई उडान मार्फत थुप्रै महिलाहरुलाई जोगाईएको र कर्णालीमा शशक्त रुपमा यसको सेवा लिन उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले आमाहरुको ज्यान जोगाउन गर्भवतिलाई हवाई उद्धार गरेर प्रतिष्ठानमा उपचार गर्ने कार्यक्रम सदुउपयोग गरि प्रतिष्ठानमा उपचार गर्न अनुरोध गर्नुभयो । राष्ट्रपति भण्डारीले कोरोनाले ग्रसित नेपालमा सवै नागरिकले खोप पाउने र कर्णालीका नागरिकलाई विशेष प्रथामिकता दिन सरकारले प्रथामिकता दिने बताउनु भयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतिष्ठानलाई यहाँ पुरयाउने योगदान पुरयाउने तत्कालिन संविधानसभा सांसद नरेश भण्डारी सहित पहल सहित र सवैलाई विशेष धन्यवाद दिदै कर्णालीलाई अन्य क्षेत्र भन्दा शिक्षा, स्वास्थ्य लगायतका संवेदनशिल क्षेत्रमा दोब्बर बजेट बिनियोजन गर्न राष्ट्रपति भण्डारी र नेपाल सरकारलाई अनुरोध गर्नुभयो । उहाँले यति महत्वको बिषयलाई जग्गादान गर्ने जग्गादातालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्रदेश सरकारले पनि दुर्गम क्षेत्रलाई प्रथामिकता राख्न अनुरोध गर्नुभयो । नेपाल सरकारका स्वास्थ्य जनसंख्या तथा राज्य मन्त्री भवानी प्रसाद खापुङले प्रतिष्ठान स्थापना गर्दा स्थानीय सहित सवैले गरेको दुःखको प्रतिफल आफ पाईएको भन्दै शुभकामना दिनुभयो । उहाँले एमविविएस, नयाँ शैक्षिक भवन उद्धाटनमा सरकारको उपस्थित जुम्लामा गब्रिलो भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने सेवा सुविधा, स्रोत साधन वितरणमा कर्णाली प्रतिष्ठान कहिल्यै पछि नपर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले चिकित्सकहरु उत्पादन भएपछि शहर केन्द्रीत नभई यहाँ उत्पादित जनशक्तिले दुर्गम क्षेत्रमा आफ्नो पेशा रोज्नुपर्नेमा सूझाव दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजनामा दस्तावेज गर्न अनुरोध :
कर्णाली प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले आजको कर्णालीका लागि फरक र विरलै दिन भएको भन्दै प्रतिष्ठान यहाँ पुरयाउन योगदान पुरयाउने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उपकुलपति डाक्टर रावलले राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको आयोजनामा दस्तावेज गर्न कार्यक्रममै अपिल गर्नुभयो । उहाँले प्रतिष्ठानका पहलकर्ता, सरकार, सरोकारवाला र स्थानीयको सहयोगले प्रतिष्ठान कोषेढुंगा सावित भएको बताउनुभयो । उपकुलपति रावलले कर्णाली अव रोग, भोग र गरिविको पर्यावाची मात्रै नभई थोरै वदल्न प्रतिष्ठानले प्रयास गरेको बताउनुभयो ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरिले धेरै कठिन परिस्थितिमा कर्णालीमा जन्मिएको यो प्रतिष्ठानको महत्व भिन्नै रहेको बताउदै प्रतिष्ठानलाई शैक्षिक कार्यक्रमहरु उपलब्ध गराउन प्रथामिकता दिईएको बताउनुभयो । उहाँले प्रतिष्ठान स्थापनाका लागि पहल गर्ने पहल समिति संयोजक प्रदेश सांसद नरेश भण्डारी सहितका जुम्लावासी, डाक्डर गोविन्द केसी, नेपाल सरकार र सवैलाई धन्यवाद दिनुभयो ।

प्रतिष्ठानका संस्थापक रजिष्ट्रार श्याम लम्सालले स्थापना कालको स्मरण गर्दै राज्य र स्थानीय सँग गरिएको पहल र सवैको सहयोगले आज प्रतिष्ठान यहाँ पुगेको बताउनुभयो । उहाँले २५ शैयाको अस्पताल तीन सय शैयामा परिणत देखी प्रतिष्ठान जीवित वनाईराख्ने बिषय महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले कर्णालीबाट काठमाण्डौको यात्रा र राज्यको ढोकामा प्रतिष्ठानलाई अघि बढाउन सयौ पटक पहल गर्ने संस्थापक नरेश भण्डारी, संस्थापक पूर्वउपकुलपति प्राध्यापक डाक्टर पारश आचार्य सहितको टोलीलाई सम्मान प्रकट गर्नुभयो । उहाँले पहलकर्ता नेतृत्वलाई नामै निकालेर धन्यवाद दिनुभयो । यसकारण मृत शरिरको पोष्ट मार्टम हुन नसक्ने स्थानमा डाक्टर पढाई सम्भव भएको हो ।

कार्यक्रमको स्वागत जनस्वास्थ्य डिन प्राध्यापक डाक्टर मुनीराज क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो । उक्त कार्यक्रममा पहलकर्ता, जग्गादाता सवैलाई सम्मान गरिएको छ भने कार्यक्रममा स्थानीयको भब्य उपस्थिति भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्