

७ मंसिर २०७८, मंगलबार
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका खड्काले सुर्खेत निर्वाचन क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो ।
गुर्भाकोट नगरपालिका सुर्खेत मेहलकुनास्थित सिटी हलमा मतदान शुरु भईसकेको छ । उहाँको क्षेत्रबाट करिब ९०० प्रतिनिधिहरुले मतदानमा भाग लिँदै छन् । महामन्त्री खड्काले क्षेत्र नम्बर १ बाट नै चुनाव जित्नै आउनुभएको छ । मनोनित भएर जाने व्यवस्था भएपनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने ईच्छा व्यक्त गर्दै उहाँले उम्मेदवारी दिनुभएको पत्रकार नगेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
पत्रकार उपाध्यायका अनुसार निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छैन । उम्मेदवारी नदिएपनि केन्द्रीय सदस्यका हिसाबले उहाँ महाधिवेशन प्रतिनिधिका रुपमा मनोनित हुनुहुन्छ, । केन्द्रीय सदस्य थानी प्रतिनिधित्व गर्ने क्षेत्रबाट करिब एक हजार प्रतिनिधिहरुले मतदान गर्ने छन् ।