OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ४, २०७८काठमाडौं
६३४ पटक

खलंगा मंशिर ४ गते । जुम्लाको पातारासीमा जीप दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । दुर्घटनामा एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार दुर्घटनामा एकको मृत्यू भएको छ । मृत्यू हुनेमा पातारासी गाउँपालिका ७ रिनी निवासी ४६ बर्षिय दन्दकली बोहोरा रहेकी छन् ।
वोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुग्नु अगावै मृत्यू भईसकेको उपकुलपति डाक्टर मंगल रवालले जानकारी दिनुभयो । यसैगरी अन्य सात जना घाईते भएका छन् । घाईते मध्य दुई जना गम्भिर घाईते रहेका प्रतिष्ठानले जनाएको छ । गम्भिर घाईते एक महिला र पुरुषको ठेगाना समेत खुल्न सकेको छैन् ।

पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउदै गरेको ग १ झ ५८८४ वलेरो पिकअफ गाडि दुर्घटना भएको घटना स्थलबाट फर्किएका शशस्त्र प्रहरी ३३ नम्बर गणका एसपि गगन श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थमा प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई समेत पुगेर फर्किनु भएको छ ।

प्रहरीका अनुसार अन्य घाईते हुनेमा पातारासी ३ का १९ बर्षिय रुपा वोहोरा, पातारासी ३ महरी गाउँका ४९ बर्षका गोर्ख बुढा, पातारासी ३ माथी लोर्पाका ५२ बर्षिय सिंहरुप वोहरा, पातारासी ६ जम्नको ६ बर्षिय पुस्कर बिष्ट र पातारासी ७ रिनि बस्ने १० बर्षिय कमल बोहरा रहेका छन् । घाईतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भईरहेको छ । उपचारमा उपकुलपति रावल सहितको चिकित्सकीय टोली खटिएको छ ।

क्याप्सन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाईतेको उपचार हुदै तस्बिर नेत्र शाही ।

 

प्रतिकृया दिनुहोस्