OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २७, २०७८जुम्ला,
७१८ पटक

कात्तिक २७ गते । जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता जिल्लाको पातारासी गाउपालिकाको टिमले जित हात पारेको छ ।

यही कार्तिक २५ गते देखी गुठिचौर गाउँपालिका को वडा नम्वर ५ झारज्वलामाको त्रिभुवन माविमा सुरु गरीएको महिला तथा पुरुष भलिबल फाइनलमा पुगेका तिला गाउँपालिका र पातारासी गाउपालिका बिचको खेलमा पातारासी गाउपालिको टिम बिजयी भएको हो । तिला गाउँपालिका द्धितीय भएको छ ।

यसै गरी महिला भलिबल खेलमा तातोपानी गाउँपालिकाको टिम बिजयी भएको छ ।  द्धितीय गुठिचौर गाउँपालिकाको टिम भएको जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव धनकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

। प्रदेश स्तरीय मुख्यमन्त्री कप खेलमा छनोट गर्नको लागी जिल्लामा महिला र पुरुष भलिबल छनोट खेल भएको थियो । पुरुष भलिबलमा पातारासी गाउपालिकाले जित हासील गरे पनि मुख्यमन्त्री कप खेल्न जिल्लाका ६ वटै पालिकावाट खेलाडीहरु छनोट गरेर लिने जिल्ला खेलकुद बिकास समितिले जुम्लाले जनाएको छ । जिल्लाका सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिकाले खेलमा सहभागिता रहेन । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेे महिला तथा पुरुष दुवै टिमलाई नगद रु ५० हजार र मेडल प्रदान गरिएको थियो ।

महिला तर्फ द्धितिय दुवै टिमलाई नगद रु ३५ हजार, सहित मेडल प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव आचार्यले जानकारी दिनु भएको छ ।
यस्तै खेल अवधिभर सर्वोत्कृष्ट खेल प्रदेशन गर्ने पुरुष तर्फ पातारासीका हर्क बुढा महिला तर्फ तातोपानी गाउँपालिकाका देवकी देवकोटालाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

पुरुष तर्फ ६ वटा र महिला तर्फ ४ वटा टीमले भाग लिएका थिए । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गुठिचौर गाउँपालिकाको सहआयोजनामा जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता गरिएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा नारा सहित ३ दिने भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

यही कार्तिक २५ गते जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरीक तथा गृहमन्त्री नरेश भण्डारीले गर्नु भएको थियो । यस्तै समापन कार्यक्रमका प्रमुख अथिति तथा गुठिचौर गाउँपालिका जुम्लाका अध्यक्ष हरिवहादुर भण्डारीले खेल अवधीभर खेल मर्यादित र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने स्थानीय, राजनैतिक दल,युवा,सुरक्षाकर्मी सवैलाइ धन्यवाद दिनुभएको छ ।

स्थानीय तहमा नमूना खेल :

धेरै खेलकुद आयोजना बजारमै हुने तर यस पटकको खेल पालिकामा भएकाले दर्शक खुशी भएका छन् । यस्तै स्थानीय तहहरुले अपनत्व लिएर सहयोग गरेकोमा जिल्ला खेलकुद विकास समिति जुम्लाले धन्यवाद सहित खुशी व्यक्त गरेको छ ।

स्थानीय तहले खेलाडि व्यवस्थापन र सहभागिता गराएर सहयोग गरेको थियो । यस्तै जिल्लाको गुठिचौर गाउँपालिका सहआयोजक बनेर खेल गुठिचौर गाउँपालिकामा गरिएको थियो ।
अध्यक्ष धनकृष्ण पाण्डेले खेल वजार केन्द्रित नभएर गाउँसम्म पुर्याउन आवश्यक रहेको हुदा स्थानीय तहमा खेल शुरु गरिएको बताउनुभयो । उहाँले खेल अवधिभर समाचार सम्प्रेषण गरी प्रचार प्रसार गर्ने पत्रकारहरु र स्थानीय सरकारहरु, सहयोगी सवैलाई धन्यवाद दिनुभयो

। सदस्य सचिव संगिता आचार्यले स्थानीयहरुको सक्रियतामा खेल राम्रो संग सम्पन भएको बताउनु भयो । मुख्यमन्त्री कपमा छनौट भएका खेलाडीहरुलाई एक महिनाको प्रशिक्षण गराउने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्