OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २६, २०७८काठमाडौं
८९२ पटक

नेत्र शाही जुम्ला,
खलंगा कात्तिक २६ गते, जुम्लाको तातोपानी गाउँपालिका हुदै सिञ्जा गाउँपालिका जोड्ने थारमारे दिलौरी सडक १५ किलोमिटर निर्माण गरिएको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ५ ले गाउँपालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा १५ किलोमिटर सडक खनिएको छ । सो क्षेत्र सम्म एम्वुलेन्स, गाडिहरु अहिले पुग्ने गरेका छन् । गाडि पुग्न थालेपछि स्थानीय खुशी भएका छन् । स्थानीयले संघीयताको फाईदा यही रहेको बताएका छन् ।

स्थानीय सुर्यबहादुर अधिकारीले सवैघरधुरीमा खानेपानी, सिचाई र खेति योग्य जमिनमा सड्क पुगेपछि संघीयता आएको महशुस भएको बताउनुभयो । चन्दननाथ ५ का स्थानीयले सिञ्जा गाउँपालिकाको सिमामा गाडि पुगेपछि करिब चार हजार मिटर उचाईमा सवै गाउँले जम्मा भएर खुशीयाली समेत मनाएका छन् ।

जुम्ला सदरमुकामवाट जाने छोटो मार्गको रुपमा रु एक करोड ४५ लाखको सहयोगमा उक्त सड्क निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगीले जानकारी दिनुभयो । वडाध्यक्ष डाँगीका अव चार सय मिटर खनिएमा सिज्जा गाउँपालिका दिलौरी काध जोडिने भएको छ ।

सड्कको प्रदेश सांसद तथा पूर्व मन्त्री नरेश भण्डारी, गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने, तातोानी ५ का वडाध्क्ष हरिबहादुर डाँगी र स्थानीयले अनुगमन गरेका छन् । अनुगमनको क्रममा सानो कम लगानीमा धेरै काम भएको देखिएको छ । अनुगमनको क्रममा सांसद नरेश भण्डारीले उपभोक्ताले गरेको काममा अहिले सम्म सवैभन्दा बढि र राम्रो काम भएकोमा प्रशंशा गर्नुभयो । उहाँले यो सड्कले बास्तविक संघीयता स्थानीय तहमा आएको जानकारी दिनुभयो । वडाको पहलमा यति ठूलो सड्क बनाउनु धेरै राम्रो भएको भन्दै राम्रो काम गर्ने उपभोक्ता र स्थानीयलाई धन्यवाद दिनुभयो । उहाँले यो सडक गन्तब्यमा पुरयाउन आफ्नो थप सहयोग हुने बताउनुभयो ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले सरकारको लगानी भरपुर उपयोग विकास गर्ने वडापालिका र गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले गाउँपालिकाले लगानी गरेको सड्कमा रु ४५ लाख सहयोग गरेकोमा ठूलो सहयोग गर्नुभएकोमा प्रदेश सांसद नरेश भण्डारीलाई धन्यवाद दिनुभयो । उहाँले तातोपानीमा सड््क लेक लेकमा समेत पुगेकाले कृषि उत्पादनमा समेत बृद्धि हुन थालेको र निर्यात गर्न सजिलो हुन थालेको बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला नेता डिलेस रावतले अति आवश्यकको सड्क र खानेपानीमा सहयोग गरेकोमा तातोपानी गाउँपालिका र सांसद भण्डारीलाई धन्यवाद दिनुभयो । नेमकिपाका पूर्णबहादुर खत्रीले सिञ्जा गाउँपालिका सँग जोडिने सड्क र लाम्रा गाउँको घरघरमा खानेपानी राम्रो काम भएको बताउनुभयो ।
१५० घरधुरीमा खानेपानी ः
वडाध्यक्ष हरिबहादुर डाँगीले आफु वडाध्यक्ष भएपछि वडा नम्बर ५ मा खानेपानी अभावमा गाग्रा लिएर दौडिने, सिँचाई नहुने र सड्क अभावमा लेकाली जमिन बाजो हुने समस्या हटाउने सपना पुरा भएकोमा जोड दिनुभयो । उहाँले अहिले लाम्राका १५० घरधुरीमा खानेपानी, मार्सीधान सिँचाई कुलो स्तरबृद्धि, थारमारे दिलौरी सड्क सम्पन्न भएको बताउनुभयो । तातोपानी वडा नम्बर ५ ले दिलौरी लेक नजिकको छकालेपानीबाट पानी लिएर एक घर एक खानेपानी पुरयाएको उहाँले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका उपमेयर अप्सरा न्यौपानलेले चन्दननाथ र तातोपानी मिलेर मध्य सिञ्जा जोड्ने यो सड्क पुरा गर्नुपर्ने बताउनुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ हुदै छकालेपानी दिलौरी सड्क जोडि करिब पाँचसय मिटर मात्रै वाँकी रहेको उहाँले बताउनुभयो ।

स्थानीय गुम्म डाँगीलेसडक पुगेपछि सिञ्जा वडा नम्बर ६ का विरामी वोकेर दिलौरी सम्म ल्याउने र यहाँबाट कर्णाली प्रतिष्ठान एम्बुलेन्समा समेत लिने गरेको बताउनुभयो । सड्क पुगेपछि बाजो जमिन आलु, सिमी उत्पादनमा बृद्धि भएको र बजार लिन सजिलो भएकोले प्रदेश सांसद र गाउँपालिकालाई धन्यवाद दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्