OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १४, २०७८जुम्ला,
६८८ पटक

कात्तिक १४ गते ।

लाम्रा सम्वाद गाउँगाउँका कुडा (दुई) हुने भएको छ । खस सभ्यता र सस्कृति सँग जोडिएको कात्तिक १६ देखी १८ गते सम्म यस पटक कार्यक्रम हुने भएको छ ।
लाम्रा सम्वाद कार्यक्रमका आयोजकले पत्रकार सम्मेलन गरि कार्यक्रमको जानकारी गरेको छ । समितिका संयोजक नन्दप्रसाद चौलागाईले कात्तिक १६ देखी १८ सम्म सम्वाद हुने भएको जानकारी दिनुभयो । उहाँले यस पटक जुम्लाभरीका गाउँगाउँका कुराका बिषयमा यस पटक वहश हुने भएको छ ।

अघिल्लो बर्ष १२ शेषनमा छलफल तथा पैरवी गरेको लाम्रा सम्वादले यस पटक ७ वटा शेषनमा वहश गरिने भएको छ । यस पटकको शेषनहरुमा बिद्वत प्रवचन, हाम्मा नेता, हाम्मो निति, सभ्यताको साईनो आखरको अलंकार, सुईना बिजुलीको झरोवाट झलमल्ल गाउँ कसरी ? स्वास्थ्य र महामारी, भुसको आगो, सास्कृतिक सम्वद्र्धनका लागि मनोरञ्जनात्मक कार्यक्रम रहेका छन् ।

सांस्कृतिक सम्वद्र्धनमा यस पटक दमायाको रन्को, मागलको गुन्जन, नाचको छमछम, श्वरको संगम, देउडाको रन्को रहनेछ । नेपाल पत्रकार महासंघ जुम्लाको हलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा स्थानीय अगुवा धनप्रसाद चौलागाईको संयोजकत्वमा पत्रकार सम्मलेन आयोजना गरि कार्यक्रमको जानकारी गरिएको हो । पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सस्कृतिको जगेर्ना गर्ने कार्यक्रममा सरकार र स्थानीयले प्रथामिकता दिनुपर्ने भन्दै संचार माध्यामले समेत यसको महत्वको बिषयमा जोड दिनुपर्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले ऐतिहासिक कार्यक्रमका लागि आयोजकलाई धन्यवाद ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभयो । आयोजक तातोपानी गाउँपालिका ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले सस्कृति बचाउन गरिएको कार्यक्रममा स्थानीय सरकारको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

लाम्रा सम्वाद सस्कृति र सभ्यताको उजागर गर्न सम्वादको आयोजना गरिएको हो । पहिलो सम्वादमा खस संस्कृतिमा आधारित विभिन्न बिषयमा गाउँभित्रै वहश थालिएको थियो भने यस पटक जिल्ला भरीका कुरा समेटिने कार्यक्रममा परिकल्पनाकार माधव प्रसाद चौलगाईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्