OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगरआश्विन २१, २०७८जुम्ला,
१८२७ पटक

खलङ्गा असोज, २१ गते । जुम्लाको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातलामा नयाँ लिंगा फेरिएका छन् । हरेक बर्ष फेरिने लिंगा यस बर्ष पनि फेरिएका हुन् ।
परम्परागत धार्मिक चलन अनुसार लिंगा ठड्याएर घटस्थापना मनाईएको छ । परम्परा अनुसार नै मन्दिरमा लिंगोहरु ठड्याई सकेपछि मात्रै जुम्लावासीहरुले आ–आफ्नो घरमा घटस्थापनाको दिन मनाउदै आउने चलनअनुसार यो पटक पनि लिंगा फेरिएको हो । जुम्ला सदरमुकामा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा सहित नयाँलिंगो फेरिने चलन अनुसार लिंगा फेरिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र सयौ भक्तजनको उपस्थितिमा चन्दननाथ मन्दिरको नयाँ लिंगा फेरिएका छन् । लिंगा चन्दननाथ नगरपालिकाको ढाँणथपाला वनबाट तिन दिन अगाडिनै पुजा आजा गरि ल्याउने चलन रहेको छ ।
जुम्लाको चन्दननाथ मन्दिरमा परापूर्वकाल देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिंगोहरु झिकेर नयाँ लिंगो खडा गर्ने गरेको स्थानीय सस्कृतिका जानकार रमानन्द आचार्यले बताउनुभयो । हरेक बर्ष जिल्लाका सरकारी उच्च स्तरका व्यक्तिहरुको उपस्थितिमा स्थानीयहरु र सुरक्षाकर्मीहरुको सहयोगमा हरेक बर्ष चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा गाडेर बि.सं १४९८ सालबाट यो मन्दिरमा लिंगो गाड्ने परम्परा रहीआएको उहाँले जानकारी दिनुभयो ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पुजा हुने भएकाले ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वाजा सहित ५२ हाते लिंगा खडा गरि घटस्थापना गर्ने चलन रहिआएको छ ।
जंगलबाट लिंगा ल्याउन पनि यहाँको नेपाली सेना, प्रहरी सहित स्थानीयले जंगलबाट निकै मिहिनेतका साथ तिन दिन अगाडि जंगलबाट मन्दिरमा ल्याउने गरेका छन् ।
जुम्लामा चन्दननाथ मन्दिरमा लिंगा गाडेर फर्किएपछि घरमा जमरा राख्ने चलन समेत रहेको छ । लामो ईतिहास वोकेको चन्दननाथ मन्दिरमा भने अहिले स्थानीयले लिंगा गाड्ने देखी ठड्याउने काममा चासो घट्दै गएको बताईएको छ ।
यसैगरी यहाँको सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिरमा समेत विधिवत रुपमा परम्परागत पुजा गरिएको छ । समितिका सचिव ताराजंग हमालका अनुसार भौतिक दुरी कायम गर्दै पुजा गरी जमरा राखिएको छ ।
 तस्बिर अमृत बुढाथोकी मगर

 

प्रतिकृया दिनुहोस्