OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २१, २०७८काठमाडौं
५०१ पटक

२१ असोज २०७८
काठमाडौं । जुम्लाको जवानदीमा मेघावाट स्तरको जलविधुत आयोजना बढाउन उर्जामन्त्री पम्फा भुसाललाई आवेदन गरिएको छ । कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘जवा मेघा जलवविधुत आयोजना निर्माण गर्न’ आवेदन गर्नुभएको हो ।

पूर्वमन्त्री भण्डारीले १६ असोज २०१८ मा उर्जा, सिचाई तथा जलस्रोत मन्त्रालयमा गर्नुभएको आवेदनमा जिल्लाको प्रचुर जलस्रोत उपयोग गर्न १७० मेघावाट क्षमताको जवा जलविधुत आयोजनाको बृस्तृत सर्वेक्षण गरि निर्माण प्रक्रिया अगाडि बढाउन भनिएको छ । पत्रमा उर्जामन्त्री भुसालले उर्जा मन्त्रालयका सचिव र सहसचिवलाई तोक आदेश समेत गर्नु भएको छ ।

यसैगरी राष्ट्रिय प्रसारण लाईन जोडिएको जुम्लामा गाउँस्तरमा बत्ति बिस्तार गर्न रु ५० करोड रकम बिनियोजन गर्न समेत आवेदन गरिएको छ । करिब दुई बर्ष अघि पातारासीको चुकेनीमा पनि करिब एक मेघावाटको बत्ति निर्माण कार्य भईरहेको छ । सो कार्य ५० प्रतिशत सम्पन्न भएको स्थानीयले जनाएका छन् ।

कर्णालीबाटै प्रयाप्त बिजुलली निकालेर राज्यलाई सहयोग गने क्षमता भएकाले सम्भावित क्षेत्रको प्रतिवेदन अनुसार मेघावाट स्तरको बत्ति अगाडि बढाउन आवश्यक रहेको पूर्वमन्त्री भण्डारीको भनाई छ ।

प्रतिकृया दिनुहोस्