OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआश्विन १, २०७८जुम्ला,
९४२ पटक

१ असोज २०७८, शुक्रबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल शिक्षण अस्पताल जुम्लाको स्टाफ नर्सको परीक्षामा लिखित परीक्षाको नतिजामा नाम नभएकी परीक्षार्थीको नाम एकाएक सफल नतिजामा आएपछि अहिले चौतर्फी आलोचना भईरहेको छ ।

लिखितमा नाम नभएकी सपना न्यौपनेको मौखिक पछिको परीक्षामा नम्बर एकमा नाम निक्लेको प्रतिष्ठानको भदौ ३० गते जारी सूचनामा छ । सो सपना न्यौपानेको कोड नम्बर ०५७ भने परीक्षार्थी सदिक्षा राेकायाकाे नाम रहेको छ ।

प्रतिष्ठानले लिएको लिखित परीक्षामा स्टाफनर्स पदको लिखित परीक्षाका लागि जम्मा ५० जना सहभागि हुन सूचना जारी गरेकोमा सपना न्यौपानेको नाम छैन तर मौखिम परीक्षा पछिको अन्तिम नतिजामा नाम प्रकाशन भएपछि सामाजिक सञ्जाल तातिएको छ ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार यो कुनै नियत नभई प्राविधिक त्रुटि भएको हो । कोडिङ प्रणालीले सजिलो होला भन्ने हिसावले गरिएको थियो । अर्कैकोमा कोडिङ परेको उहाँले बताउनुभयो । रजिष्ट्रार महतका अनुसार यसमा परीक्षा टिम पनि भएकाले जिम्मेवारी पूर्वक परीक्षा सम्पन्न गरेको बताउनुभयो ।

छानविन गर्न स्थानीय प्रशासनलाई पत्राचार :

जिल्ला समन्वय समिति जुम्लाले छानविन गर्न स्थानीय प्रशासनलाई पत्राचार गरिएको छ । गम्भिर त्रुटि भएपछि जिल्ला समन्वय समितिले स्थानीय प्रशासनलाई पत्रचार गरेको कार्यवाहक प्रमुख कार्मा बुढाले जानकारी दिनुभयो । स्थानीय प्रशासनलाई जिसस जुम्लाले भदौ ३१ गते गरेको पत्राचारमा २०७८ साल भाद्र २६ गतेका दिन लिखित परीक्षाको ५० जनाको नाममा संलग्न नतिजा प्रकाशन गरि २०७८ भाद्र २८,२९ र ३० गते लिएको मौखिक परीक्षाको नतिजा सामाजिक सञ्जाल र पत्रपत्रिकामा सिम्वोल नम्बर क्ल् छठ सपना न्यौपानेको नाममा परीक्षा उत्तिण भएको सूचना प्रकाशन भएकोमा उक्त सिम्वोल नम्बर सदिक्षा रोकायाको हुन आएकाले उक्त परीक्षाको बास्तविकता के हो ? छानविन गरि परीक्षार्थीलाई न्याय दिलाउन र प्रतिष्ठानको छवि बचाउन भनिएको छ ।

प्रतिष्ठानमा कहिले काँही यस्ता लापरवाहीका घटना हुने गरेका छन् । यस अघि पूर्व उपकुलपति प्राध्यापक डाक्टर राजेन्द्रराज वाग्लेको समयमा एक परीक्षा लिखित स्थान राष्ट्रिय पत्रिकामा समेत जुम्ला केन्द्र तोकिएपनि काठमाण्डौ गरेपछि विद्यार्थी आन्दोलित भएका थिए । मौखिम परीक्षै नभई जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरि लिखित परीक्षा पुन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्