OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०७८काठमाडौं
५५२ पटक

७ भाद्र २०७८, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको विकास र परिवर्तनका लागि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।

आज कालीकोटको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले नीजि क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो । साविक कर्णालीका जिल्लाको भ्रमणमा रहनुभएका शाहीले गृह जिल्ला कालिकोटका प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचाल झरनाको बेस क्याम्पमा निर्माण भएको होम स्टे, सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा अवस्थित सुनराली विमानस्थल गौरवको आयोजनाको रुपमा हेरिएको जनाउनुभयो ।

त्यसैगरी, पर्यटकी उच्च सम्भावना भएको कर्णालीको विकास निर्माणका आयोजनालाहरुलाई स्थानीय तथा प्रदेश सरकारले चाहेर पुरा हुन नसक्दै विचार व्यक्त गर्दै उहाँले यसका लागि नीजि क्षेत्रको आवश्यकता रहेको जिकिर गर्नुभयो । “यसका लागि हाम्रो नीजि क्षेत्रसँग निर्वाध छलफल भईरहेको छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामीले लगानीका लागि आह्वान गर्दै क्षेत्रहरु पनि लगानी गर्न तयार छन् ।”

मुख्यमन्त्री शाहीले यहाँका प्रमुख पर्यटकीय क्षेत्रको विकासका लागि केही समयमै प्रदेश सरकारको अनुमतिमा नीजि क्षेत्रहरुकाले लगानीको कार्य थाल्ने जनाउनुभयो । उहाँले कोटवाडा मान्म केबलकारको सम्भाव्यताको अध्ययन, प्रसिद्ध धार्मिकस्थल त्रिवेणी पाटनलगायतको चर्चित पर्यटकीय स्थलहरूको अवलोकनसमेत गर्नुभएको छ । उनी नीजि क्षेत्रका केही लगानीकर्तालाई लिएर भ्रमणमा निस्किएका हुन् ।
जलविद्युतको प्रचुर सम्भवना रहेको कर्णालीमा अहिले ४१० मेगावाटको फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजना बन्न लागेको र त्यसको काम धेरै अगाडि बढिसकेको उहाँको भनाई थियो । उहाँका अनुसार फुकोटको लगानीको मोडेल एक प्रकारले सहमतिको अन्तिम बिन्दुमा पुगेकोले निर्माणको काम अगाडि बढेको र अहिले स्थानीयवासीलाई शेयर दिने विषयमा पनि छलफल भइरहेको छ ।

भोलि (मंगलबार) नेकपा माओवादी केन्द्रको आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जुम्ला सिञ्जा जाने कार्यक्रम रहेको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्