OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३, २०७८काठमाडौं
८३४ पटक

३ असार २०७८, बिहीबार 

एजेन्सी: चीनले बिहीबार मानिससहितको अन्तरिक्ष यान शेन्झाउ बाह्रौंको सफल प्रक्षेपण गरेको छ ।

तीन महिने अभियानको क्रममा तीन जना अन्तरिक्ष यात्री तियान्हे स्पेस स्टेसनमा पुग्ने गरी यो प्रक्षेपण गरिएको हो । मानिससहितको अन्तरिक्ष अभियान चीनको यो सातौं हो । तर स्पेस स्टेशन बनाउने अभियान यो पहिलो हो ।

पाँच वर्षयता मानिससहितको अन्तरिक्ष अभियान यो पहिलो हो । यो अन्तरिक्ष यानको शीर्षमा ‘लङ मार्च टु एफ’ नामक रकेट क्यारियर रहेको छ ।

यो यान जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट उडेको हो । यो चीनको उत्तरपश्चिममा रहेको गोबी मरुभूमि क्षेत्रमा रहेका छ । बेइजिङको समय अनुसार यो अन्तरिक्ष यान ९ बजेर २२ मिनेट बिहान उडेको चीनको मानवसहित अन्तरिक्ष नियोगले जनाएको छ ।

यो अन्तरक्षि यानसँग जानेहरूमा शेन्झाउ छैटौ र शेभन्झाउ दशौंमा सहभागी भएका अनुभवी ५६ वर्षीय कमान्डर निइ हाइशेङ, शेन्झाउ सातौंमा सहभागी ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक जाने ४५ वर्षीय ताङ होङबो रहेका छन् ।

प्रतिकृया दिनुहोस्