OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख ३१, २०७८जुम्ला,
९३६ पटक

वैशाख ३१ गते । हुम्लाबाट हेलिकोप्टरमा एक जना कोरोना संक्रमण्का विरामी जुम्ला ल्याईएको छ । कोरोना भाईरसको संक्रमणले समस्या भएपछि हुम्ला सर्केघाट गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई जुम्ला ल्याईएको हो ।
हुम्ला सर्केघाट गाउँपालिकाका धामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड फोकल स्वास्थ्यकर्मीको टोली विमानस्थलमा गएर रिसिव गरि एम्बुलेन्समार्फत प्रतिष्ठान ल्याईएको हो ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक राजिव शाहका अनुसार संयोजक धामी कोरोना संक्रमणको विरामी भएको र हेलिकोप्टरबाट जुम्ला आईपुगेका छन् । उहाँलाई रिसिव गरेर अस्पतालमा भर्ना गरिसकिएको छ । उहाँका अनुसार कालिकोटबाट पनि अर्का एक जना विरामी पनि एम्बुलेन्समा ल्याई भर्ना गरिएको छ ।

हुम्लाका सर्केघाटका स्वास्थ्य संयोजक धामी र कालिकोटका विरामीलाई अक्सिजन दिएर उपचार भईरहेको प्रतिष्ठानले जनाएको छ ।
अहिले जिल्लावाहिर बाट धेरै विरामीहरु जुम्ला आउन सम्पर्क गरिरहेका छन् । काठमाण्डौबाट वेड नपाएर एक जना विरामी जुम्ला आउने खबर भईरहेको कर्णाली प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यस अघि सुर्खेतबाट जुम्ला आएका दुई जना संक्रमित विरामी सन्चो भएर घर फर्किएका छन् ।

प्रतिष्ठानमा आजै एक जना अर्का विरामी भर्ना गरिएकोले अव २९ जना भर्ना भएका प्रतिष्ठानले जानकारी दिएको छ ।
१० दिन निषेधाज्ञा थप :
यसैगरी संक्रमण बढेपछि जुम्लामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसमा २०७७ जेठ १० गते सम्म निषेधाज्ञा गर्ने सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ । निषेधाज्ञाको समयमा औषधी पशल वाहेक सवै पूर्ण वन्द गर्ने निर्णय भएको बताईएको छ ।

जुम्लामा हाल सम्म २२४ जनामा कोरोना संक्रमण भएको जनस्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य निरीक्षक प्रेम सोमाईका अनुसार १३३ जनाको पिसिआर र एन्टिजनबाट ९१ जनामा कोरोना संक्रमण भएको जानकारी गर्नुभयो । उहाँका अनुसार कनकासुन्दरीका १५ जना र गुठिचौरका ३ जना स्थानीय तहका आईसुलेशनमा बसेका छन् ।

प्रतिकृया दिनुहोस्