OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीबैशाख १६, २०७८ जुम्ला
४९१ पटक

खलंगा वैशाख १६ गते । कोरोना संक्रमण बढ्न थालेपछि गाउँगाउँमा प्रहरी सरोकारवाला निकायहरु र स्थानीयहरुको समन्वयमा जनचेतना फैलाउन थालिएको छ ।
प्रहरीले आ–आफ्नो प्रहरी चौकी मार्फत माईकिङ गरेर मास्क अनिवार्य लगाउनुपर्ने, दुरी कायम गरेर काम गर्नुपर्ने लगाएतका बिषयमा निर्देशन सहित सचेतना फैलाउन भनेपछि स्थानीयको सहयोगमा जिल्लाका सवै प्रहरीचौकीका कार्यक्षेत्रमा सचेतना अभियान शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले चन्दननाथ नगरपालिकामा सो अभियान शुरु गरे सँगै अहिले गाउँस्तरमा समेत प्रहरीले जनचेतना कार्यक्रम थालेको छ । सिञ्जा क्षेत्रको हिमा गाउँपालिका १ बड्की प्रहरी चौकीले स्थानीय र सरोकारवाला निकायहरुको समन्वयमा बाजाँगाडा देखी आचार्यलिही सम्मको आफ्नो कार्यक्षेत्रमा माईकिङ गरेर सचेतना शुरु गरेको छ । बड्की प्रहरी चौकीका सहायक निरीक्षक राम प्रसाद चौलागाईले सचेतना फैलाउन शुरु गरिएको जानकारी दिनुभयो ।

प्रहरी चौकीले नाग्म गमगडि राजमार्ग क्षेत्रमा अहिले कोरोना रोकथामका बिषयका सन्देसहरु सहित गस्ति गरिरहेको स्थानीय शिक्षक खम्वा शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको समयमा आफु सुरक्षित हुने जिम्मेवारी आफैमा हुनुपर्ने सचेतना फैलाईएको छ ।

यसैगरी जिल्लाभरीनै प्रहरीले अहिले सचेतना फैलाउदै गरेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभएको छ । जिल्लाका सवैजसो स्थानका प्रहरी चौकीहरुलाई आफ्नो स्रोत साधनले भ्याए सम्म कोरोना विरुद्धको सचेतना फैलाउन निर्देशन गरिए अनुसार प्रहरीले गाउँगाउामा जनचेतना फैलाई रहेको जानकारी दिनुभयो ।

यस अघि जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाको टोल टोलमा गएर माईकिङ गरेर सचेतना दिएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापा सहितको टोली गएर सजगता सूचना भन्दै हिडेको एक साता भएको छ ।

१३ जनामा संक्रमण :
जुम्लामा पछिल्लो समयमा १३ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले परीक्षण गरेको प्रतिवेदनमा १३ जनामा संक्रमण पुष्टि भएको छ । वुधवार नौ जना संक्रमित भएकोमा विहिवार थप जनामा संक्रमण भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।

यस अघि स्थानीय सरकारले आ–आफ्नो स्थानमा हेल्थडेक्स स्थापना गर्ने निर्णय भएपनि स्थापना नभएको स्थानीयको गुनासो रहेको छ । विशेषगरी कालिकोट र नाग्मको सिमाना नाग्म र जुम्ला विमानस्थलमा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा हेल्थडेक्स स्थापना गर्ने निर्णय भएको थियो ।

प्रतिकृया दिनुहोस्