OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही माघ १६, २०७७काठमाण्डौ
९६२ पटक

माघ १६ गते । लामो समय देखी विवादमा रहेको हिमा गाउँपालिकाको केन्द्र टुंगो लागेको छ । गाउँपालिकाको आठौ गाउँसभाले गाउँपालिकाको बाजागाडामा तोकिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाही, उपाध्यक्ष हिमाली रोकायाले गाउँपालिकाको केन्द्र अनिर्णयको वन्दी भएका वेला यो समयमा आठौ गाउँसभाले केन्द्र बाजागाडामा गर्ने निर्णय भएको जानकारी गरेका छन् । अध्यक्ष शाहीले जनतालाई समावेशी रुपमा सेवा लिने हिसावले गाउँसभा सो निर्णयमा पुगेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलका अनुसार गाउँपालिका वडा नम्बर ५ को बाजागाडामा अव गाउँपालिकाको नाममा जग्गा लिने तयारीमा रहेका छौ । यसमा सवै जनप्रतिनिपतहरु, राजनैतिकदलहरु र स्थानीयको सहयोगको अपेक्षा रहेको जानकारी गर्नुभयो । केन्द्र टुंगो लगाउन विभिन्न प्रक्रियामा समेत अगाडि बढ्ने बताउनुभयो ।

गाउँसभाले वडानम्बर १ को केन्द्र देवारगाउँमा सार्ने निर्णय समेत गाउँपालिकाले बताएको छ । वडा नम्बर १ का चार जना सदस्यहरुले भने गाउँपालिकाको निर्णय स्वागत योग्य भएपनि वडाको केन्द्र सार्ने बिषय असहमति रहेको बताएका छन् । वडा सदस्य पदबहादुर शाहीका अनुसार वडामा छलफलमै भईरहेको समयमा गाउँपालिका हस्तक्षप भएको जानकारी दिनुभयो । यता गाउँपालिकाले बड्की र आचार्यलिहीको विचमा देवारगाउँ भएकाले पाईकपर्ने स्थान भएको बताएको छ ।

लामो समय सम्म अन्यौल भएको गाउँपालिकाको टुंगो लागेपछि भने अव स्थायी संरचनाको रुपमा अगाडि बढ्ने आशा गरिएको छ । गाउँपालिकाको केन्द्र टुंगो नलाग्दा अस्थायी घरमा भाडामा बस्नुपरेको अवस्था सहित कार्यक्रमहरु पनि गर्न कठिन भईरहेको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्