चैत्र १, २०८२

६० पटक

काठमाडाैं चैत १ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ।
नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। सो अनुसार ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिए।
उनका अनुसार पार्टीले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा सूचीमा छन्।नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ। समानुपातिकसहित प्रतिनिधि सभामा १७ सांसद रहनेछन्



