फागुन २२, २०८२

१२ पटक

२२ फागुन २०८२, शुक्रबार
कालिकोट प्रतिनिधिसभा सदस्य पदका लागि यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम अनुसार कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ ।
शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी, नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार ९३३ गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।


