माघ १५, २०८२

८ पटक
रमिला महत/जुम्ला,
माघ १४ गते । जुम्लामा फेरी हिमपात भएको छ । अहिले पानी सँगै परिरहेको हो । उच्च हिमाली क्षेत्रमा विहानै आधाफिट हिउँ परिसकेको छ भने जुम्ला सदरमुकाममा हिँउ पर्न थालेको छ ।
यही माघ ९ गते यस बर्षको पहिलो पटक हिउँ परेको थियो । करिब एक फिट जति परेको हिँउ नविलाउदै आज पनि हिउँ परेको छ । अस्ति हिउँ प्राप्त परेको थिएन अहिले अव थप हिउँलेवालीका लागि राम्रो हुने भएको छ ।
हिमपातले जनजीवन प्रभावित भएको छ, विद्यालय तथा कोचिङ पढ्न जाने वालवालिकाकाको पढाई हिमपातले रोकिएको छ । हिमपात सँग लगातार चिसो समेत बढेको छ । मानिसहरु न्यानो कपडा लगाउन तथा आगो बालेर न्यानो गर्न थालेका छन् । हिमपातपछि मानिसहरु वालवालिकाहरु, ज्येष्ठनागरिकहरु वाहिर निस्किएका छैनन। ।
फोटो क्याप्सन :जुम्लामा परिरहेको हिँउ नेत्र शाही, जुम्ला ।










