OnlinePana

आज : २०८३ जेठ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २१, २०८१काठमाडौं
७४५ पटक

२१ कात्तिक २०८१, बुधबार

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

त्यसपछि पुन: यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ । योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ । अनलाइन खबरबाट ।

प्रतिकृया दिनुहोस्