OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०८१सुर्खेत
९८ पटक

३० जेठ २०८१, बुधबार
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले तत्कालीन् कर्णाली आत्मनिर्भर भएको बताउनुभएको छ ।

कर्णालीको खाद्य स्वच्छता, सरसफाई, अतिथि सत्कार र उद्योग सञ्चालनको अवस्थाका विषय आज वीरेन्द्रनगर सुर्खेतमा भएको छलफल बोल्दै उद्योगमन्त्री रावतले बिगतको आत्मनिर्भर कर्णाली आज आएर परनिर्भर भएको बताउनुभयो । “हिजो हामी नुनका लागि मात्र भोट मधेश गथ्र्यौ । अरु सबै थोक हामीसँगै थियो,” उहाँले भन्नुभयो, “अहिले हाम्रो समाज सबै चीजमा परनिर्भर छ । बेलैमा कर्णालीले आफ्नो उत्पादन आफै उपयोग गरेर बाँकी रहेको बाहिर पठाउने संस्कृतिको विकास गर्न नसके ठूलो संकट व्यहोर्नुपर्ने अवस्था आउँदैछ ।”

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखीमा रुपान्तरण गर्ने अभियानलाई अगाडि बढाउनुपर्ने भन्दै मन्त्री रावतले प्रदेश सरकार अनुदानमा चलेको र यो अवस्थाबाट माथि उठ्न स्रोतको पहिचान गरी राजश्व संकलनमा जोड दिनुपर्ने बताउनुभयो । यो व्यवस्थालाई व्यवस्थित गर्न राज्यमा भएका नीतिगत तथा कानूनीगत त्रुटिलाई सच्याउनुपर्ने उहाँको भनाई थियो ।

खाद्य उपभोग संस्कृति, सरसफाई र आतिथि सत्कार तथा खाद्य सामग्रीको अवस्था बुझ्न कर्णाली पुग्नुभएका बिबिसी सेफ मास्टर (मुख्य भान्से) कर्णाली अर्गानिक खाद्य सामग्री प्राप्त हुने महत्वपूर्ण क्षेत्र भएको जनाउनुभयो । “कर्णालीमा मूल्यवान खाद्य वस्तु छन्,” उहाँले भन्नुभयो, “ती चीज बेच्न काठमाडौं जाने होइन, कर्णालीमै बेचेर डलर कमाउनुहोस् ।” उहाँले शौचालय, किचेन सफा राख्न र अन्नदाता किसानलाई सम्मान नगरेसम्म सभ्य समाज निर्माण नहुने दावी गर्नुभयो ।

फाउण्डर गेट कलेजका खेमराज लकाईले नागरिकको रोजागर उपलब्ध गर्नमा नीजि क्षेत्रको ठूलो भूमिका रहेको विचार व्यक्त गर्दै पर्यटनको आवागमनलाई बढाउने वातावरणका लागि राज्यका साथै नीजि क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यसका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकासमा जोड दिनुपर्नेमा उहाँको जोड रहेको छ । उक्त कार्यक्रममा उद्योग बाणिज्य सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले होटल तथा उद्योग क्षेत्रले रोजगारीको अवसर प्रदान गर्ने भन्दै नीजि क्षेत्रको प्रवद्र्धन तथा संरक्षणमा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्