OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १, २०७९
७५२ पटक

जेठ १ गते । जुम्लामा भोट नहालेको भन्दै वडाध्यक्षका उम्मेदवारले कुटपिट गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ८ नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै सोही वडाका कुमार बिक्रम शाही र कमल बोहरालाई कुटपिट गरेका छन् ।

वडाध्यक्षका उम्मेदवार रोकाया सहितले कुटपिट गरेर चन्दननाथ ८ कोटिला गाउँ निवासी स्थानीय कुमार शाही घाईते भई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको छ । वडाध्यक्षका उम्मेदवार रोकायाले आफुलाई उनका भाई कृष्ण रोकाया, सोही वडाका बसन्त धराला, देवि धराला, बिर्ख रोकाया सहितका व्यक्तिले सामुहिक रुपमा कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा घाउकेस जाँच तथा कारवाही गरिपाउ भन्दै उजुरी दिएका छन् ।

वडाध्यक्ष उम्मेदवार रोकायाले फोन गरेर काम छ भन्दै आफु सहित चार जना लिएर उमगाडमा कुटपिट गरेका र पछि घरमा छलफल गरौला भन्दै घरभित्र थुनेर सामुहिक रुपमा कुटपिट गरेका भन्दै प्रहरीमा उजुरी परेको हो ।

आफुहरुलाई भोट किन हालेको भन्दै धन्नै मारिसकेका थिए, ज्यान जोगाईदिन भन्दै कमल बोहरा र घाईते कुमार विक्रम शाहीका श्रीमति नानु शाही जिल्ला प्रहरी कार्यालय पुग्नु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार घाईते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाईएको र घटनाको अनुसन्धान गरि अगाडि बढ्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्