OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १३, २०७९
७९३ पटक

वैशाख १३ गते, जुम्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीको पुन अध्यक्षमा उम्मेदवारी परेको छ । गुठिचौर गाउँपालिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले राजिनामा दिई अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यसैगरी नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा राजकन्या बुढाको उपाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका दानबहादुर बुढा अध्यक्ष, सुमन बस्नेत उपाध्यक्षको नाममा उम्मेदारी दर्ता भएको छ । यसैगरी नेकपा एमालेका झुनमाया जैसी अध्यक्ष र प्रेमबहादुर बुढा उपाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । हरिबहादुर भण्डारी माओवादीको तर्फबाट यस अघि पनि अध्यक्ष बिजय हुनु भएको थियो । भण्डारी अध्यक्षमा पुन उम्मेदवारी दिने जिल्लाकै एक मात्रै अध्यक्ष हुन् ।

यसैगरी गोठिचौर गाउँपालिकामा माओवादी केन्द्रको उपाध्यक्षमा राजकन्य बढाको उम्मेदवारी परेको छ ।

 

 

प्रतिकृया दिनुहोस्