OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख १३, २०७९जुम्ला,
५३५ पटक

वैशाख १३ गते, जुम्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीको पुन अध्यक्षमा उम्मेदवारी परेको छ । गुठिचौर गाउँपालिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले राजिनामा दिई अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यसैगरी नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा राजकन्या बुढाको उपाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका दानबहादुर बुढा अध्यक्ष, सुमन बस्नेत उपाध्यक्षको नाममा उम्मेदारी दर्ता भएको छ । यसैगरी नेकपा एमालेका झुनमाया जैसी अध्यक्ष र प्रेमबहादुर बुढा उपाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । हरिबहादुर भण्डारी माओवादीको तर्फबाट यस अघि पनि अध्यक्ष बिजय हुनु भएको थियो । भण्डारी अध्यक्षमा पुन उम्मेदवारी दिने जिल्लाकै एक मात्रै अध्यक्ष हुन् ।

यसैगरी गोठिचौर गाउँपालिकामा माओवादी केन्द्रको उपाध्यक्षमा राजकन्य बढाको उम्मेदवारी परेको छ ।

 

 

प्रतिकृया दिनुहोस्