OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ९, २०७८सुर्खेत
३८३ पटक

९ चैत २०७८, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपेली संघका राजदूतबीच भेटवार्ता सम्पन्न भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले मुख्यमन्त्री शाहीसमक्ष जलवायू परिवर्तन, खानेपानी, सिंचाई, नवीकरणीय उर्जालगायतका क्षेत्रमा कर्णालीमा आफूहरुले गरिरहेको कामका बारेमा जानकारी गराएका थिए ।

‘डेलिगेसन अफ द युरोपियन युनियन टु’ नेपालका राजदुत नोना डिप्रेज नेतृत्वको टोलीले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन, पूर्वाधार, सडक पहुँचसहित संघीयतापश्चात् यहाँको बारेमा चासो राखेका थिए । उनीहरुले कर्णालीको कृषि र शिक्षामा पनि सहयोग गर्ने तयारी भएको जनाएका थिए ।

भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहीले युरोपियन देशहरुले कर्णालीमा हाल गरिरहेको सहयोग महत्वपूर्ण भएको बताउँदै प्रदेश सरकारले कर्णालीको विकास र समृद्धिका लागि ‘६ब’ (बाटो, बिजुली, वन, बजार, विचार र व्यवस्थापन) लाई अघि सारेको बताउनुभयो । ‘६ब विना कर्णालीको विकास र समृद्धि हुँदैन,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “ती क्षेत्रमा कर्णालीलाई सहयोगको आवश्यकता खट्केको छ ।”

उहाँले संघीयता कर्णाली जस्ता क्षेत्रका लागि धेरै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह जनताको चुल्होको सरकार हो । यसले जनताका प्रत्यक्ष पिरमर्कामा नजिकै रहेर साथ दिन्छ । जनताका लागि प्रदेश देखिने र संघ सुनिने सरकार हो ।” उहाँले प्रदेश तथा संघका विकास योजनाहरु चुल्होको सरकारमार्फत कार्यान्वयन गर्दा समन्वय र सहकार्य बढ्नुका साथै कार्यान्वयनमा सरलता आउने बताउनुभयो ।

भेटवार्ताको सिलसिलामा राजदुतहरुले कर्णालीमा पर्यटकीय क्षेत्र धेरै रहेको बताउँदै त्यसको विकास र प्रचार–प्रसार आवश्यक रहेको बताएका थिए । उनीहरुले पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण र सडक पहुँचमा प्रदेश सरकारले ध्यान दिनु प्रमुख विषय भएका सुझाएका थिए ।

भेटमा ‘डेलिगेसन अफ द युरोपियन युनियन टु’ नेपालका राजदूत डिप्रेजसँगै नेपालका लागि जर्मनीका राजदूत डा. थोमास प्रिन्ज, नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओ र नेपालका लागि फिनल्याण्डका राजदूत प्रिती आन्तिनेन् र कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्