OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०७८काठमाडौं
७९३ पटक

२०७८ साउन २९ गते,

काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने र मास्क नलगाउनेलाई कारवाही थालेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणले मास्क लगाए नलगाएकोबारे विभिन्न स्थानमा अनुगमन गरि सूझाव सहित कारवाही समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको अनुगमन टोलीले माइतीघर, कालीमाटी, कलंकी लगायतका स्थानमा अनुगमन गरेको हो । सहायक प्रजिअ अधिकारीको अधिकारीको नेतृत्वमा, नेपाल प्रहरी, शशस्त्र प्रहरी, ट्रापिक प्रहरी र स्वास्कर्मी र पत्रकारहरुको संयूक्त अनुगमन भएको हो ।

अनुगमनको क्रममा सहायक प्रजिअ अधिकारीले जनस्वास्थ्य मापदण्ड पालना नगर्ने, मास्क प्रयोग नगर्ने देखिएकाले सक्रमण बढ्ने भएकाले अनिवार्य मास्क प्रयोग गर्न, जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।

सहायक प्रजिअ अधिकारी नेतृत्वको टोलीले पसल, सार्वजनिक यातायात, फुटपाथमा सर्वसाधारणहरुले मास्क लगाए नलगाएकोबारे निरीक्षण गरेको छ । त्यसक्रममा मास्क नलगाई हिंडिरहेका र पसल व्यवसाय गरिरहेकाहरुलाई ३६ जनालाई रु एकसय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै सही तरीकाले मास्क नलगाउनेलाई समेत सचेत गराइएको छ । अनुगमनको क्रममा मास्क गोजिमा राख्ने, नाख नढाक्ने पनि भेटिएकाले सचेत गराईएको हो ।

प्रतिकृया दिनुहोस्