OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ १, २०७८जुम्ला,
७५३ पटक

असार १ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमविविएस अध्ययन पठन पाठन गर्न पाउने भएपछि खुशीयाली छाएको छ ।
सामाजिक संजालमा अव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर उत्पादन गर्न पाउनु सुनौलो अवसर भएको भन्दै कर्णालीवासीलाई वधाई र नेपाल सरकारलाई धन्यवाद दिनेको आईरो लागेको हो ।

प्रतिष्ठानका संस्थापक तथा कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले अव कर्णालीमा “सेतो हिउँमा सेतै एप्रोनधारी चिकित्सक” उत्पादन गर्ने सपनाले सार्थकता हाशिल गर्ने भएको खुशी व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमविविए कार्यक्रम संचालन गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट आधिकारिक स्विकृति भएपश्चात “सेतो हिउँमा सेतै एप्रोनधारी चिकित्सक” उत्पादन गर्ने सपनाले सार्थकता हाशिल गर्ने भएको प्रतिक्रिया दिनुभएको हो । उहाँले लेख्नुभएको छ, अव कर्णालीले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को मारेको छ । प्रतिष्ठानले चिकित्साशास्त्रमा स्नाकोत्तर तहको अध्यापन शुरु गरिरहेको छ । अव मुलुकलाई विशेषज्ञ डाक्टर उपलब्ध गराउने अवसर मिलेको छ । महान कार्यमा सघाउने समस्तमा हार्दिक धन्यवाद ।

यसैगरी प्रतिष्ठानका पदाधिकारी, स्थानीयले कर्णालीले एमविविएस सहितका कार्यक्रमहरु शुरु गर्ने मौका मिलेको भन्दै यो ऐतिहासिक उपलब्धी भएको भन्दै प्रतिक्रिया दिएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा.मंगल रावालले ऐतिहासिक काम भएकोले वधाई तथा धन्यवाद दिनुभएको छ । उहाँले जेठ २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको वैठकले कर्णाली प्रतिष्ठानलाई २० सिट एमविविएस, २० सिट बिएनएस, २० सिट बिफार्मा अध्ययन गर्ने अनुमति पाएको बताउनुभयो । उपकुलपति रावलका अनुसार यो एउटा ऐतिहासिक उपलब्धी हासिल गर्नका लागि महत्वपूर्ण योगदान दिनु हुने प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपीशर्मा ओली, चिकित्सा शिक्षा आयोग, प्रतिष्ठानका पदाधिकारी, पूर्वपदाधिाकरीहरु, सहयोगी सवै महानुभावहरु धन्यवादका पात्र हुन ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापा लेख्नु हुन्छ “कर्णालीको ठूलो सपना तथा कोसेढुंगा, बहुपतिक्षित एम विविएस लगाएतका कार्यक्रम कास जुम्लामा छिट्टै संचालनमा आउदै” कास परिवार तथा सम्पूर्ण कर्णालीवासीलाई विशेष वधाई छ ।

धेरै लामो समयदेखी कर्णाली प्रतिष्ठानमा एमविविएस अध्ययनका लागि तयारी भईरहेको थियो तर अव भने केही महिनमा एमविविएस कार्यक्रम शुरु हुने प्रतिष्ठानको भनाई छ । प्रतिष्ठानले एमविविएस लगायतका कार्यक्रम शुरु गर्ने वैधानिक बाटो खुलेपछि कर्णालीवासी, सरोकारवाला निकायहरुले कर्णालीलाई ठूलो उपहार प्राप्त भएको बताएका छन् ।

प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य विशेषज्ञ सेवा सहित स्वास्थ्य शिक्षामा उच्च स्तरको जनशक्ति उत्पादन गर्नका लागि समेत अवसर पाएपछि नमूना बनाईने पदाधिकारीहरु बताउछन् ।
प्रतिष्ठानले स्वास्थ्य मोडल पनि कर्णालीमा नमूनाको रुपमा अगाडि सारेको छ । जिल्ला जिल्लामा गएर विकेन्द्रीकृत मोडल शुरु गरेको प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टराई बताउनु हुन्छ ।

उहाँका अनुसार प्रतिष्ठानमा अहिले स्नातक तहका एमविविएस सहित अव ३ वटा बिषय थपिएको छ । एमविविएस, विफार्मा र बिएनएस सरकारले अहिले अध्ययन गर्न स्विकृत दिएको हो । यस अघि स्नातक तहको विएम एस, विपिएच शुरु भईसकेको थियो भने स्नाकोत्तर तहको एमडिएमएसको तीन विषयको पाँच सिट शुरु भएको छ । एमविविएस भने निषेधाज्ञा पछि आयोगको तालिका अनुसारनै अगाडि बढ्ने अनुमान प्रतिष्ठानको छ ।

प्रतिकृया दिनुहोस्