OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २८, २०७८जुम्ला
८८० पटक

२८ बैशाख २०७८, मंगलबार

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको खतरा बढ्दै गएपछि नेपाल पत्रकार महासंघ शाखा जुम्लाले पाँच बेडको आइसोलेसन तयार गरेको छ । कर्णाली प्रदेशमै महासंघ शाखा जुम्लाले आफ्नै भवनमा पत्रकारहरुका लागि आइसोलेसन कक्ष तयार गरेको हो ।

कर्णालीको अवस्था भयावह बन्दै गएपछि पत्रकारहरुलाई संभावित खतराबाट जोगिन पूर्वतयारी स्वरुप महासंघले आइसोलेसन बेड तयार गरेको अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिनुभयो । “कोरोना भाइरस तीव्ररुपमा बढ्दै जाँदा संक्रमितले मात्र अस्पताल भरिने अवस्था छ,” अध्यक्ष शाहीले भन्नुभयो, “अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुमा संक्रमण देखिए उनीहरुलाई व्यवस्थापन गर्न आफ्नै आइसोलेसन तयार गरेका छौं ।”

आइसोलेसनमा पाँच बेड तयारीका लागि आवश्यक समान गैर सरकारी संस्था, साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाले सहयोग गरेको हो । उक्त संस्थाले सिरानीसहित पाँच÷पाँच थान सिरक, तन्ना, सिरानी, रुमाल, १० थान डस्ना, ३० मिटर पिफम, पाँच÷पाँच थान बाल्टी, जग, चम्चा गरी रु.५० हजारका नौ प्रकारका समान उपलब्ध गरेको छ ।

कोभिड रोगको डरलाग्दो अवस्थामा पनि अग्रभागमा रहेर काम गर्ने पत्रकार सञ्चारकर्मीहरुलाई विशेष राहत पुगेस् भन्ने हेतुले आवश्यक समान सहयोग गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानले जानकारी दिनुभयो । निर्देशक न्यौपानेले कोरोना महामारीसँग जुध्न महासंघलगायत सबैसँगको ऐक्यवद्धता र समन्वय आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्