OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २७, २०७७सुर्खेत
१०८० पटक

२०७७ पुस २७ गते
सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको वैठक बसेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री मन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षता तथा नेकपा कर्णाली ईन्चार्ज जर्नादन शर्मा प्रभाकरको विशेष उपस्थितिमा पुस २७ गते बसेको संसदीय दलको वैठकमा २२ जनाको उपस्थितिमा वैठक सम्पन्न भएको प्रमुख सचेतक सीता कुमारी नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेखी भण्डारीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको र यसकोे कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । यसै गरी सोही अवसरमा पार्टीका संघर्षका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन आ आफ्ना क्षेत्रमा सक्रिय परिचालन हुने निर्णय भएको छ ।
वैठकले ससदीय दलका सदस्य तथा सामाजिक विकास मन्त्री दल रावललाई कोरोना संक्रमण भएपछि स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

कर्णाली सरकार सुरक्षित :
देशमा आएको नेकपा भित्रको राजनितिक अस्थिरताले अहिले प्रदेशका सरकारहरु पनि अंकगणितको हिसाव गर्दैछन् । कर्णाली प्रदेशबाटै शुरु भएको अविश्वासको प्रस्ताव पछि सवैभन्दा बढि अशुरक्षित मानिएको कर्णाली अहिले सुरक्षित भएको छ ।

कर्णाली प्रदेशमा जम्मा ४० सांसद मध्य २२ जना प्रचण्ड माधव नेकपामा अर्थात मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारको पक्षमा उभिएपछि कर्णालीको सरकार सुरक्षित भएको हो । अर्को कुनै अवस्था नआई लागि यो बहुमत संख्या भएकाले कर्णाली सरकार सुरक्षित भएको प्रदेश सभाका एक सांसदले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्