OnlinePana

आज : २०८२ माघ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २३, २०८२
८ पटक

२२ माघ २०८२, बिहीबार

सुर्खेतः पछिल्लो समयमा समाजमा विकराल बन्दै गएको मानसिक स्वास्थ्य जोगाउन सबै सरोकारवालाहरुले हातेमालो गर्नुपर्नेमा जोड दिइएको छ ।

युनिसेफ नेपालको सहयोग तथा सिएमसी नेपालको समन्वयमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्यसम्बन्धी सरोकारवाला निकायहरुसँगको समन्वय बैठक’का सहभागी सरोकारवालाहरुले समाजको ठूलो समस्याका रुपमा झाँगिदै गएको मानसिक स्वास्थ्य अवस्थालाई एक्लो प्रयासले रोकथाम गर्न नसकिने बताइएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले मानसिक समस्या आउन नदिन तीनै तहको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । “यसबारे पहिलो सुसूचित हुने स्थानीय समुदाय नै हो । साझेदार संस्था नहुँदा पनि सरकार स्वयंमले समस्या समधान गर्ने अवस्थामा पुग्न सक्नुपर्दछ । नीतिमा सुधार ल्याउनुपर्दछ ।” आगामी दिनमा प्रदेश सरकारले व्याप्त समस्या समाधान गर्ने गरी योजना, कार्यक्रम ल्याउने उहाँको भनाई थियो ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा.रविन खड्काले अनुपातका हिसाबले केही तलमाथि भएपनि हरेक व्यक्तिमा मानसिक रोग भएको बताउनुभयो । सानो प्रयासले पनि यसको सुधारमा सहयोग पुग्ने भन्दै उहाँले मानसिक स्वास्थ्यबारे जनचेतना जगाउन आवश्यक रहेका उहाँको भनाई थियो । निर्देशक खड्काका अनुसार प्रदेशले निर्दिष्ट गरेका लक्ष्यहरु पुरा गर्न सरोकारवालाहरुको हातेमालो अपरिहार्य छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले मानसिक रोगी बालबालिका दैनिक ८ देखि १० सम्म जाँचका लागि आउने गरेको बताउनुभयो । लागुऔषध दूव्र्यसनीलाई अपराधीकरण नगरी यसलाई उपचारात्मक विधिबाट कम गर्दै लैजानतर्फ सबै सरोकारवालाहरुलाई गम्भीर हुनुपर्नेमा उहाँल जोड दिनुभयो । आत्महत्या बढ्दै गएको बताउँदै मानसिक स्वास्थ्य समस्याबाट बालबालिकाहरु बढी सिकार भएको उहाँको भनाई थियो ।

कार्यक्रममा सिएमसी नेपालका कर्णाली प्रदेश संयोजक हिमाल गैरले आफूहरुले छ वटा परियोजनामा काम गर्दै आएको बताउँदै दूव्र्यसनीको समस्या, कर्णालीमा बालबालिका र किशोर किशोरीमा देखिएको मानसिक रोगको अवस्थालगायतका विषयवस्तु समेटिएको प्रस्तुति राख्नुभयो । यहाँ ८ जिल्ला र ३० पालिकामा मानसिक स्वास्थ्यका क्षेत्रमा सिएमसी नेपाल काम गर्दै आएको उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्