OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २७, २०८२
३६ पटक

नेत्र शाही, जुम्ला,

वैशाख २७ गते । छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको शुरु भएको छ । सयौ खेलाडी र सरोकारवाला निकायको विचमा दौड शुरु गरिएको छ । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र गिनिज वुक अफ द वल्ड रेकडर म्याराथन धावक हरिबहादुर रोकायाले सिटि बजाएर प्रतियोगिता शुरुवात गरिएको छ ।

जुम्ला–रारामा ५ सय ९१ जना खेलाडिले सहभागिता जनाएका छन् । ५१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटरको दौड प्रतियोगिता शुरु भएको आयोजक कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । क्लबका अध्यक्ष शाहीका अनुसार पोल्यान्डबाट १, अमेरिकाबाट १, फ्रान्सबाट १ र भारतबाट एक जना गरेर ४ विदेशी खेलाडीले समेत नाम दर्ता गराएका छन् । यसैगरी त्रिभुवन आर्मी क्लबबाट २ जनाले भाग लिएका छन् । जुम्लाबाहेक पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागि भएका छन् । जुम्ला देखी रारा दौड्ने खेलाडी मात्रै झण्डै ७० जना बढि छन् । अन्य १० किमी र ५ किमीमा सहभागि भएका छन् ।

म्याराथनमा खालीपाटन, चौथा, डाब, चुचेमारा बेसक्याम्प, चुचेमारा टप लगायतका ६ स्थानमा चेक प्वाइन्ट राखिएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनमा प्रथम हुनेले रु एक लाख नगद, प्रमाणपत्र र मेडल पाउनेछन् । द्वितीय हुनेले रु ७५ हजार र तृतीय स्थान हासिल गर्नेले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल पाउनेछन् । आयोजकले चौथो र पाँचौ स्थान हासिल गर्ने खेलाडीलाई प्रतिव्यक्ति २०÷२० हजार पुरस्कार प्रदान गरिने छ ।

जुम्ला–रारा म्याराथनमा झन्डै रु २८ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । म्याराथनका माध्यमबाट जुम्ला रारा कर्णाली चिनाउने, कर्णालीको प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावना उजागार गर्न ६ वर्षदेखि जुम्ला–रारा म्याराथन आयोजना हुँदै आएको छ । विजेता हाशिल ५१ किलोमिटरका खेलाडीलाई रारातालमा र १० किमी र ५ किमीका खेलाडिलाई जुम्लामा प्रमाणपत्र र पुरस्कार वितरण गरिने भएको छ ।

फोटो क्याप्सन ः जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्