OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाता,साउन ५, २०८१ जुम्ला,
२४७ पटक

जुम्ला, साउन ५ गते । देशकै जेठो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयले आफ्नो ४४ ओै बार्षिक उत्सव मनाएको छ । शिक्षालयले एक कार्यक्रमका विचमा आफुले गरेका कामको प्रगति सार्वजनिक गर्दै उत्सव मनाएको हो ।

शिक्षालय प्रमुख टेकेन्द्र थापाले शिक्षालयका यस बर्षपनि जिर्ण ६ वटा भवन प्रदेश सरकारको सहयोगमा बनाईएको छ । उहाँका अनुसार चन्दननाथ नगरपालिकाको सहयोगमा रू एक करोडको पुनाला देखि शिक्षालय सम्म कालोपत्रे गरिएको छ । शिक्षालयले खेलकुद सप्ताह, फरेष्टिका विद्यार्थीलाई अभ्यासका लागि नर्सरी र व्यवस्थापन, शिक्षालयमा एडभान्स कम्प्युटर सहित विभिन्न तालिम , स्मार्टबोर्डबाट अध्ययन शुरू, कम्प्युटर पढाइ शुरू भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि चन्दननाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामदेवि खड्काले प्राविधिक शिक्षालयको योगदान ठूलो भएकाले यसलाई उचाईमा पुर्याउन विद्यार्थी अनुशासित हुनुपर्ने, शिक्षक र सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णालीको प्राविधिक शिक्षाको शैक्षिक धरोहर कर्णाली प्राविधिक शिक्षालयको प्रगतिको शुभकामना दिदै सवै लागेर राम्रो थप बनाउनु पर्ने जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी तथा शिक्षालयका सञ्चालक समितिका संयोजक जयकुमार घिमिरेले बार्षिक उत्सवको शुभकामना दिदै सवै मिलेर यसको थप स्तरउन्नतिमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय प्रयागदत्त उपाध्यायका अनुसार एसएलसि अनुत्तिर्ण तथा विपन्नका वालवािलकालाई पठाउने उद्देश्यका साथ शिक्षालयको स्थापना भएकाले यो सुवर्ण अवसर नगुमाउन विद्यार्थीलाई अनुरोध गर्नुभयो । शिक्षालयले उत्सवको अवसरमा बार्षिक सहित विभिन्न परीक्षा उत्कृष्टता हाशिल गर्ने, खेलविधामा विजय हुने विद्यार्थीलाई सम्मान गर्नुका साथै विभिन्न सवालमा निरन्तर कलम चलाएको भन्दै कान्तिपुरका पत्रकार डिवि बुढा, पूर्व विद्यार्थी हिमा गाउँपालिका उपाध्यक्ष लक्ष्मणबहादुर शाही सहित विभिन्न सरोकारवाला निकाय र त्यहाँ कार्यरत शिक्षक, प्रशिक्षकलाई सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस्