OnlinePana

आज : २०८१ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०८१जुम्ला,
१२८ पटक

जुम्ला, असार १० गते । चन्दननाथ नगरपालिका जुल्लाले आफ्नो निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।१३ औ नगरसभाबाट निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । चन्दनाथले निति कार्यक्रम नगरपुमुख राजुसिंह कठायत र बजेट कार्यक्रम नगरउपप्रमुख रामदेवी खड्काले गर्नुभएको छ ।

नगरसभा प्रस्तुत बजेटमा नगरपालिकाले नगरका नागरिकका यातायात सुविधिका लागि नगरबस सञ्चालनमा ल्याउने भएको हो । यर्सैगरी नगरपालिकाले लागु औषध दुब्र्यसनि न्यूनिकरणका लागि सुधारगृह स्थापना गर्ने, नियमित प्रशासनिक सेवालाई समयमै छिटो छरितो र हाँसेर सेवा दिईनेछ ।

नगरपालिकाले लगानीमैत्री वातावरण सृजना गर्न ठूला तथा मझौला उद्योग स्थापना गर्न स्थानीय तहबाट आवश्यक समन्वय र कर छुटदिजन्य को निति लिईनेछ । भौतिक पूर्वाधार र भौतिकपूर्वाधार र विभिन्न खनिज तथा नदिजन्य क्षेत्रको आईई र ईआईए निति ल्याईनेछ । नगरले नक्सापास गरेर मात्रै निर्माण गर्ने व्यवस्था गर्ने, हाल सम्म बनेका घरको अभिलेखीकरण गर्ने योजना रहेको छ ।

यसैगरी हाल सम्म बन्न नसकेको जुम्ला शहरको टाउन प्लानिङ गर्ने भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाको सहकार्यमा टाउन प्लानिङ गर्ने भएको हो । प्रतिघर बिमा कार्यक्रमलाई नमुना बनाई कार्यान्वयन गर्ने छ । नगरपालिकाले सड्कमा दायाँबाया अनिवार्य बृक्षारोपण गर्ने भएको छ ।

नगरले चुनौतिको रुपमा रहेको फोहोरलाई व्यवस्थापन गर्न आधुनिक ल्याण्ड फिलसाईड पहल गर्ने, जथाभावी फोहोर फाल्नेलाई अन द स्पोट कारवाही गर्ने, पोलोथिन झोला निरुत्साहित गर्ने, जथाभावी राखिएका सड्क, पेटी, फुटपाथ, तथा पार्किङ व्यवस्थापन गरिनेछ । नगरपालिकाका ढललाई व्यवस्थापन गर्ने निति छ । महिला हिंसा, मानव वेचविखन तथा ओसार परासारको जोखिम कम गर्न जनचेतना मुलक कार्यक्रम गर्ने । यसैगरी स्वास्थ्य संस्थाहरुलाई बाल, किश्वर, किश्वरी, अपांग तथा ज्येष्ठ नागरिकमैत्री संस्थाको रुपमा विकास गरिनेछ । सामुदायिक विद्यालयमा जंगफुडको प्रतिवद्धता जनाईनेछ । चन्दननाथका जमिन बाझो नराख्ने निर्णय भएको छ । यसैगरी जुम्लालाई पर्यटकीय हवको रुपमा विकास गरिने छ ।

नगरपालिकाले आफ्नो बजेट समेत प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा संघ र प्रदेशबाट प्राप्त राजश्व बाँडफाड बित्तिय समानिकरण सशर्त अनुदान र समपुरक अनुदानको जम्मा रकम रु ६७ करोड १० लाख ३४ हजार एकसय नौ रहेको छ ।

 

प्रतिकृया दिनुहोस्