OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०८०जुम्ला,
३८८ पटक

फाईल तस्बिर

वैशाख २३ गते । मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना वेपत्ता भएका छन् ।  जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना वेपत्ता भएका गाउँपालिका अध्यक्ष पूर्ण सिंह वोहराले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार पातारासीका १५ जना यार्सा टिप्न गएमा मध्य ३ जना हिम पहिरोमा पुरिएका भन्ने अपुष्ट खबर आएको र बृस्तृत खबर आउन वाकी रहेको छ । उहाँका अनुसार शुक्रवारनै सो घटना भएको र टाढा भएकाले बल्ल खबर भएको जानकारी प्राप्त भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीका अनुसार मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेखमा ३ जना वेपत्ता भएका खबर आएको छ । उहाँका अनुसार जुम्ला पातारासी २ तल्फि गाउँका ४२ बर्षिय तारासिंह सार्की, ३८ बर्षिय पुर्ण सिंह सार्की र ३६ बर्षका विर वोहरा रहेका छन् ।

प्रहरीका अनुसार मुगु सदरमुकाम बाट करिब ६ दिन लाग्ने उक्त स्थानमा उनिहरु लुकिछिपी अर्कोवाटोबाट गएको पाईएको छ । मौसम खराबका कारण जेठ ४ गते मात्रै यार्सा टिप्ने भनिएको भएपनि उनिहरु अर्कोबाटो बाट गएका खबर आएको छ । वेपत्ता भएका ३ जनाको साथमा १५ जनाको समुह भएको प्रहरीले जनाएको छ । घटना भएको खबरले जुम्लाको पातारासी तल्फी गाउँमा सन्नटा छाएको छ । अन्य व्यक्तिको अवस्था खास केछ ? सो बिषयमा उद्दार गर्न सरकारलाई स्थानीयले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्