OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ८, २०७९जुम्ला,
३१२ पटक

चैत ८ गते । जुम्लामा शुद्ध खानेपानीको अवस्थाको बिषयमा अन्तरक्रिया गरिएको छ । विश्व पानी दिवशको अवसरमा जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजना र स्थानीय साझेदार संस्था पेश नेपालले गरेको अन्तरक्रियामा पानी शुद्धिकरणको बिषयमा छलफल भएको छ ।
अन्तरक्रियामा हालको प्रयोग भईरहेको खानेपानीको शुद्धताको अवस्था, बृहत धौलिगाड परियोजना सहितका सवालमा अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा धौलिगाड परियोजनाका निमित्त कार्यालय प्रमुख दिपेन्द्र भट्टले हाल नेपालमा खानेपानीको अवस्थाका बिषयमा जानकारी गर्नु भएको छ ।

त्यस्तै संघिय खानेपानी तथा ढलब्यवस्थापन कार्यालयका निमित्त प्रमुख दिपेन्द्र भट्टले संयुक्त राष्ट्रसंघले सन २०३० सम्म विश्वका सबै जनसख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने निति भएको भन्दै जुम्लामा करिब १० प्रतिशत खानेपानी शुद्ध भएको बताउनुभयो । उहाँले शुद्ध खानेपानीका लागि बृहत धौलीगाड परियोजना शुरुवात भएको बताउदै सो परियोजनाको पहिलो र दोस्रो चरणको काम अगाडि बढेकोमा जोड दिनुभयो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारीका मुकेश कुमार केशरीका अनुसार पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । खानेपानीका लागी बनाइएको संरचनाहरु प्रयोगमा आएका छैनन । अव जुम्ला बजारमा रहेको खानेपानीको अनुगमन गर्न आवश्यक रहेको छ । जिल्ला समन्वय समितिका कार्यबाहयक प्रमुख नरबिर सुनारले पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै नलाग्ने जुम्लाको हकमा नागरिकले खाने पानीको समस्या भोग्दै आएको बताउनुभयो ।

चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले जुम्लाको पानीको बिषयमा चिन्ता र चासो बढेको छ । उहाँका अनुसार खानेपानीको समस्या समाधानका लागी संघिय खानेपानी प्रदेशस्तरको खानेपानी र खलंगा खानेपानीको समन्वय आवश्यक रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले पानीको बहुउपयोग गर्ने तथा पानीको स्रोत संरक्षण गरी दिगो विकास गर्न देशभरी बिभिन्न कार्यक्रमहरु भइरहेको बताउनुभयो ।

प्रेस नेपाल जुम्लाका प्रमुख हेम राज भट्टले खानेपानी सेवा विस्तारका लागी जुम्लामा प्रभावकारी काम हुन नसकेको बताउनुभयो । उहाँका अनुसार बिभिन्न समय अन्तरालमा बनेका कतिपय खानेपानीका संरचनाहरु वर्तमान अवस्थामा पनि राम्रोसंग संचालन हुन सकेका छैनन। यसको अनुगमन गर्ने निकायको बाटो फितलो भएकाले राज्यले लगानी खेर जाने गरेको छ । जुम्लाको खानेपानीको गुणस्तरता कस्तो छ भन्ने कुराको जिज्ञासा गर्नुभयो । खलंगा खानेपानी तथा सरसफाई उपभोत्ता समितिका उपाध्यक्ष महेन्द्र थापाले स्वच्छ खानेपानीको विषयमा प्रयास भईरहेको जानकारी गर्दै चन्ददननाथ नगरपालिकामा एक हजार ६ सय घरमा खानेपानीका धारा जडान गरिएको जानकारी दिनुभयो । अन्तरक्रियामा खलंगा खानेपानी सहित धौलिगाड परियोजनाका कामहरुको अनुगमन गरिने भएको छ । स्थानीय प्रशासन, स्थानीय सरकार सहित सरोकारवाला निकायले अनुगमन गर्ने सहितका निर्णय भएको छ ।

यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ जुम्ला बिश्व पानी दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाउन थालिएको थियो । संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्