OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ९, २०७९सुर्खेत
३७३ पटक

९ माघ २०७९ सोमबार

सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठिकाँडा आज लेकको दुर्गम बस्ती बनेको छ । गोठिकाँडा वीरेन्द्रनगर नगरपालिकाको १४ वडामा पर्छ । उतिबेला औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठिकाँडा आज असुरक्षित र दुर्गम जस्तै बनाइएको छ ।

त्यही गोठिकाँडा सुर्खेतको सदरमुकाम हुँदा विसं. २०१९ सालमा आजको प्रदेश अस्पताल स्वास्थ्य केन्द्रका रुपमा जन्मेको थियो । पछि उक्त स्वास्थ्य केन्द्र विसं.२०२४ सालतिर सुर्खेत उपत्यकामा झ¥यो । २०२९ सालमा १५ शैयाको जिल्ला अस्पताल बन्यो । त्यसको ठिक २० वर्षपछि ०४९ सालमा २५ शैयाको अस्पताल बनेर सेवा विस्तार ग¥यो ।

त्यस्तै, विसं.२०६२ साल फागुन ७ गते ५० शैयाको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रुपान्तरण भयो । मुलुक संघीय संरचनामा गइसकेपछि भने विसं.२०७५ कार्तिक १३ गते प्रदेश अस्पतालको संरचना बन्यो । प्रदेश सरकारअन्तरगतको स्वास्थ्य संरचना भइसकेपछि प्रदेश सरकारको मुख्य र संघीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहितको २९७ शैयामामा आफ्नो सेवा विस्तार गरेको छ ।

तत्पश्चात् यसले आफ्ना विभिन्न सेवा विस्तार गरेको छ । हाल प्रदेश अस्पतालले मेडिसिन, गाइनो, जनरल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक्स, पेडियाट्रिक्स, डर्माटोलोजी, साइकेयाट्रिक, इ.एन.टी., अप्थालमोलोजी, प्याथोलोजी, डेन्टल, रेडियोलोजी, एनेस्थेसिया र इमरजेन्सी विभागबाट सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्राडा.डम्बर खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश अस्पतालको सेवाको आकर्षण र स्वास्थ्य बीमाको सुविधा र त्यसको लाभले होला पछिल्लो समयमा बिरामीको चाप बढ्दै गएको छ । गत आव.०७८÷०७९ मा ओपिडी सेवा लिनेहरुको संख्या ४९ हजार ४३० रहेकोमा चाल आव.०७९÷०८० को छ महिनामा ८४ हजार २८८ पुगेको छ ।”

त्यस्तै, गत आव.भरि अन्तरंग १० हजार ७४६, इमरजेन्सी सात हजार २२६, सिटि स्क्यान एक हजार १०७, एक्सरे १८ हजार ७९८, यु.एस.जी १२ हजार ७३१, जटिल अपरेसन एक हजार ९०२ र डेलिभरी सेवा दुई हजार ६४८ जनाले सेवा लिएका थिए ।

चालु आव.को छ महिनामा ११ हजार ८९१ अन्तरंग, १० हजार ७८६ इमरेजेन्सी, एक हजार ९८८ सिटि स्क्यान, २६ हजार ६३४ एक्सरे, २० हजार ५६२ यु.एस.जी., एक हजार ९४८ जटिल शल्यक्रिया र दुई हजार ७७४ जनाले डेलिभरी सेवा लिएको प्रदेश अस्पतालले बताएको छ ।

शनिबार मिर्गौला प्रत्यारोपण हुँदै

कर्णाली प्रदेश अस्पताल सुर्खेतले अब चार दिनपछि मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलो पटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अंग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ । आइतबार आयोजित पत्रकार भेटघाटमार्फत अस्पताल निर्देशक खड्काले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो ।

प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट ईजाजत लगिसकेको छ,” उहाँले भन्नुभयो, “दुवै अस्पताल जनशक्तिको संयोजनबाट मिर्गौला प्रत्यारोपण कार्य सम्पन्न हुनेछ ।” पछिल्लो समयमा मिर्गौला रोगीहरुको संख्या बढ्दै आएको निर्देशक खड्काले बताउनुभयो । प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र रु.सात लाखसम्म सरकार आफैले व्यहोर्ने उहाँको भनाई थियो ।

पत्रकारसँगको भेटघाटको क्रममा फेको पद्धतिबाट आँखाको शल्यक्रिया, सातवटा मोडुलर ओ.टि.सञ्चालन, आइसियु र पोष्ट अपमा समेत डायलासिस सेवा विस्तार गरिएको, अर्थोपेडिक सर्जरी हप्तामा ६ र जनरल सर्जरी हप्तामा चार पटक हुने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामी मात्र रिफर गरेको बताउँदै उहाँले आगामी चैतबाट एमआरई मेसिन जडान गरिने जनाउनुभयो । यसले चालु आव.०७९÷०८० भित्रै रु.एक अर्ब ५० करोड बराबरको टेण्डरमार्फत अस्पतालको माथिल्लो तला निर्माण गर्ने तयारी थालेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्