OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ४, २०७९सुर्खेत
२०३ पटक

४ पुस २०७९, आइतबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी २२ किरण विकलाई वीरेन्द्रनगर सुर्खेत बसपार्कबाट शनिबार राति ८ः२० बजे पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरी शिव र गणेशको एक÷एक थान मूति लिई नगरपालिकाको वडा नं. १० बसपार्क नजिक हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

“मूर्ति लिएर हिडेको व्यक्ति बसपार्क नजिक हिडिरहेको छ भन्ने खबर प्राप्त हुना साथ तत्काल उक्त स्थानको स्थायी प्रहरी विटबाट खटिएको प्रहरी टोलीले विकलाई सोधपुछ गरेको थियो,” उहाँले भन्नुभयो, “सोधपुछको क्रममा उनले देउती बज्यै मन्दिर परिसर बाहिरबाट ल्याएको हुँ भनेर स्वीकार गरेपछि पक्राउ गरिएको हो ।” मूर्तिसहित प्रहरी नियन्त्रणमा रहेका विकको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्