OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णालीको हवाई समस्या सामाधान गर्न काठमाण्डौमा ध्यानाकर्षण

जहाज बढाउन पहल गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता

कोरपाटी संवाददाताआश्विन ३१, २०७९जुम्ला,
७३९ पटक

असोज ३१ गते । कर्णालीमा बाढि पहिरो पछिको बिपतले ठूलो बिपति ल्याएको छ । कर्णाली राजमार्ग समेत अवरुद्ध भएको छ ।
यो समयमा झनै जहाँजको उडान नियमति नभएपछि जुम्लामा समेत आक्रान्त भएको छ । विमानस्थलमा एक साता देखी भिडभाड बढेको छ । टिकटका लागि स्थानीय प्रशासन घेराउ देखी विभिन्न आन्दोलन समेत भईरहेका छन् । तर जहाँजको उडान कम हुदा सकस भईरहेको छ । नेपाल एयरलाईन्सले सेडुअल घटाएको बताईएको छ तर सेडुअल अनुसार एक हप्तामा जहाँज नआउदा समस्या भएको हो ।

यस अवसरमा  पूर्वमन्त्री नरेश भण्डारी सहितको टोली पर्यटन मन्त्रालयमा पुगेर ध्यानाकर्षण गरिएको छ । पुर्वमन्त्री भण्डारी, अर्थममन्त्री जनसम्पर्क सल्लाहकार मनऋषि धिताल सहितको टोलीले पर्यटन मन्त्रीलाई औपचारिक पत्रसहित भेटघाट गरेको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ । विगत केही दिन देखीको अविरल बर्षाका कारण जुम्ला, कालिकोट, मुगु, हुम्ला लगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा मानवीय, बालीनाली, कृर्षियोग्य जमिन, पशुबस्तु तथा भौतिक संरचना(सडक,पुल, सिंचाई, तटबन्ध, जलविद्युत, खानेपानी, टेलिफोन टावर) हरुमा ठुलो क्षति भई जनजीवन कष्टकर भएको छ ।

पत्रमा उल्लेख छ, चार जिल्लाहरुका विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई नेपाल सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशिल परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरु संवेदनहीन देखिएका छन् । एकातिर सडक यातायात अवरुद्ध छ भने अर्कातिर नीजि क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरुले कर्णालीका उडानहरु कटौती गरी डलरका लागि अन्यत्र उडान भरिरहेको अवस्था छ ।

यसका साथै नेपाल वायु सेवा निगमबाट पनि उडान सुचारु नगरिएको अवस्था रहेको छ । कर्णालीमा भइरहेका सिमित उडानहरुमा पनि चरम अपारदर्शीता देखिन्छ । उडानहरुमा महङ्गो भाडादर असुली रहेको अवस्था छ । विद्यार्थीहरु, विरामीहरु र अन्य यात्रुहरु विमानस्थलमा अलपत्रको अवस्थामा छन् ।

माथिल्लो कर्णालीले करिव अघोषित नाकाबन्दीको अवस्था भोगिरहेको देखिन्छ । तसर्थ, नीजि बायुसेवा कम्पनीसँग समन्वय गरी तत्काल उडान संख्या बृद्धि गर्न र नेपाल एयरलाइन्सका टुइनटर जहाजहरुको संख्या थप गरेर दिर्घकालिन समाधान खोज्न अनुरोध गरिएको छ ।
कर्णालीको टिमलाई सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कर्णालीमा निजी एयरलाईन्स कर्णालीमा बढाउन पहल गरिने तथा नेपाल एयरलाईन्सको जहाज थपिने प्रतिवद्धता जनाउनु भयो ।

 

प्रतिकृया दिनुहोस्