OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २९, २०७९जुम्ला,
५३७ पटक

असोज २९ गते । कर्णाली राजमार्ग अवरुद्ध हुदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षा यातायातको साधन नभएर पुग्न नसकेपछि जुम्लामै कायम गरिएको हो ।

जुम्लामा गत असोज १९ गतेदेखी आएको अविरल बर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र जहाज प्रयाप्त नआएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरुका लागि परीक्षा नियन्त्रण कार्यालयको स्विकृतिमा केन्द्र जुम्लानै बनाई परीक्षा दिने व्यवस्था मिलाईएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविश्य अन्यौलमा नहोस भन्दै प्रशासनले विकल्पका लागि परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा वोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो ।

सोही अनुसार विपतको समयमा नियन्त्रण कार्यालयले जुम्लामा स्विकृति दिएको जानकारी दिनुभयो । उहाँका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ति विद्याथीको परीक्षा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीका अनुसार कठिन परिस्थितिमा विद्यार्थीको भविश्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा संचालन गर्न अनुमति दिईएको तथा पत्र समेत पठाईएको बताउनुभयो ।

लोकसेवा परीक्षार्थी र विरामीलाई जहाजमा प्रथामिकता : 
अविरल बर्षाले बाढि पहिरो आएर राजमार्ग अवरुद्ध भएपछि विमानस्थलमा भिड लागेको छ । यसवेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, विरामी सहितका अन्य विद्यार्थीलाई पठाईएको स्थानीय प्रशासनले पहल गरेको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो । परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा २०६ जनाको नाम लिष्ट गरिएको थियो ।

जहाँज कम तर यात्रु बढि भएपछि कसरी व्यवस्थापन गर्ने हैरान भएको छ । नेपाल एयरलाईन्सको नियमित सेडुअल कार्यान्वयन हुन सकेको छैन । यस वेला दैनिक एक देखी दुई उडान गरिरहेको समिट एयर पनि शनिवार नआउदा सकस छ । नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले प्राईभेटको जहाज पनि घटेको र नेपाल एयरलाईन्स नियमित नहुदा जुम्लामा सकस भएको बताउनुभयो ।

स्थानीय प्रशासनका अनसार ६ जना ए सस डिपिको परीक्षाका लागि जाने विद्यार्थी राहात पुरयाउन आएको नेपाली सेनाको हेलिकोप्टरमा पठाईएको छ ।

प्रतिकृया दिनुहोस्