

नेत्र शाही जुम्ला,
असोज २८ गते । गत असोज २९ गतेबाट अविरल रुपमा परेको बर्षा पछिको बाढि र पहिरोले जुम्ला –कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुदा एक हप्ता देखी बन्द छ ।
कर्णाली राजमार्ग अवरुद्ध हुदा स्थानीय आवागमनमा पनि पूर्ण बन्द भएको छ । पहिरो स्थल राजमार्गमा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र स्थानीय सरकार सहितको टोली खुलाउन जुटेको छ ।
नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा ३ किलोमिटर खण्डमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा सड्क डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम शुरु भएको छ । सो क्षेत्रमा राजमार्ग खुलाउन प्रजिअ केशरी सहित, गणपति थापा, शशस्त्र प्रहरी ३३ नम्बर गणका एसपि चित्रांगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द्ध सहितका सुरक्षा निकाय प्रमुख सो क्षेत्रमा खटिएका छन् । राजमार्ग खुलाउनका लागि खटाईएका डोजरमा प्रहरी समेत खटाईएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धले जानकारी दिनुभयो ।
कर्णाली राजमार्गको रारालिहीमा ३ वटा स्काभेटर लगातार काम गरिरहेका छन् । यसका साथै ब्रेकरले समेत काम गरेपनि ठूलो ढुंगाहरु खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था भएको छ । गणपति थापा भन्नु हुन्छ, सेना सहित सुरक्षा निकाय प्रमुखहरु राजमार्गमा खटिएका छौ । ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकाय सँग अनुमति मागिसकिएको र काम शुरु गरिनेछ । यो काम अझै २,३ दिन लाग्ने सुरक्षा निकायले जनाएको छ ।
यस्तै नाग्म–गमगडि राजमार्गको ८ देखी १० स्थानमा पहिरो गएर सड्क अवरुद्ध भएको छ । हिमा गाउँपालिका नाग्म गमगडि राजमार्गको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो आएको छ । त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सड्क सुचारु गर्न काम शुरु गरिएको छ ।
नाग्म गमगडि राजमार्ग पञ्छाउदै स्थानीय सरकार :
सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार सिंजामा सड्क सूचारु गर्न स्काभेटरले काम भईरहेको जानकारी दिनुभयो । उहाँले हिमा क्षेत्र बढि पहिरो गएको र चाडै खुलाउनु पर्ने अवस्था देखिन्छ ।
कनकासुन्दरी गाउँपािलका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले स्काभेटर लगाएर काम भईरहेको छ । उहाँले जुम्लामा सवैभन्दा बढी मानवीय क्षेति कनकासुन्दरीले व्यहोर्नु भएको भन्दै सो क्षेत्रका ७ घर पूर्ण क्षेति भएको जानकारी दिनुभयो ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भईरहेको छ । केही स्थानमा बाटोको निसानानै नभएकाले नयाँ बाटो खोल्ने काम भईररहेको बताउनुभयो । अध्यक्ष शाहीले स्काभेटरमा हाल्ने तल पनि सकिएकाले सकस भएको छ ।
नेपाली सेना २४ नम्बर बाहिनीका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डको नाग्मगाड, सेरावाडा, राँचुली, सेरिघाटमा पहिरो आएको छ । सो क्षेत्रमा काम गर्न सेना सक्रिए भएको छ । .
नेपाली सेनाका अनुसार नाग्म गमगडि राजमार्गको मुगु खण्डको दर्जन स्थानमा पहिरो गएको छ । सात घुम्ति, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमा, गमगडिमा पहिरो गएको छ ।