OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ११, २०७९जुम्ला
५२४ पटक

२०७९ असोज ११, मंगलबार

प्रायः कर्णाली नेदेख्नेहरु सुनेको भरमा आफ्नो धारणा बनाउँछन् । जसबाट जे जस्तो सुन्छन्, उनीहरुको मानसपटलमा त्यस्तै आकृति तयार हुन्छ । साहस गरेर कर्णाली यात्रा गर्नेहरुले जीवनको क्यानभाषमा कर्णाली सम्बन्धी नयाँ बिम्ब उतार्छन् र रोमाञ्चक अनुभूति सँगालेर फर्किन्छन् । ती बिम्व र अनूभुतिहरु उनीहरुको जीवन पर्यन्त रहिरन्छ, जस्तो सुकै इरेजरले पनि मेटाउन नसक्ने गरी । अफ्ठ्यारो ठान्नेहरु कर्णालीमा पुग्न डराउँछन् र कर्णालीको सौन्दर्यलाइ नजिकबाट चुम्ने अवसर गुमाउँछन् । कतिपयले कर्णाली नपुग्नुलाइ जीवनको एउटा पाटो अपुरो रहेको ठान्छन् ।

काठमाडौंबाट कर्णाली धेरै दुर्गम छ । उसो त कर्णालीबाट काठमाडौं पनि त्यत्तिकै दुर्गम छ । आधुनिक विकास र सेवा सुविधाका हिसाबले काठमाडौं राम्रो लाग्न सक्छ । यद्यपि पट्यार लाग्दो जिन्दगीबाट मुक्तिको बाटो खोज्ने शान्ति एवं प्रकृति प्रेमीलाई कर्णालीको काखमा बसेर मज्जा लिने त्यस्तै उत्कट चाहना हुन्छ ।

राज्यले कर्णालीलाई गरिब, विकट र अविकासको पर्याय दिईरहँदा धेरैले कर्णाली प्राकृतिक स्रोतको अपार भण्डार हो भन्ने गर्दछन् । केहीले सुनको डल्लो भन्छन् कसैले सेतो सुनको प्रदेश त कतिले कर्णालीलाई अपार संभावनाको खानी भनेर नाम दिन्छन् । मूलतः भर्जिन कर्णालीलाइ त्यही संभावनाको थुप्रो देख्ने र सम्भावनालाइ समृद्धिमा परिणत गर्ने सामर्थ्य राख्दछन्, नेता नरेश भण्डारी ।

उनले आफैले लेखेको पुस्तक चाँदीको घेराबाट कर्णालीका थुप्रै कुराको रहस्योद्घाटन गरेका छन् । उनीद्वारा लिखित किताबमा ‘सुन शिरानी राखेर नुन खोज्नेहरु’को कथा छ । मजदुरीका लागि काला पहाड धाउनेहरुको व्यथा छ । सम्पन्नताको तालको छेउमा विपन्नताको पीडा भोगिरहेका अनि ३६ वर्षको मात्र आयु लिएर बाँच्ने कर्णालीवासीको विवशता सरल ढंगले प्रस्तुत गरिएको छ । पुस्तकमा कर्णालीको प्रचुर सम्भावनालाई जीवन्त शैलीबाट उल्लेख गरिएको छ ।

उनले नेकपा माओवादी केन्द्रबाट जुम्लाको प्रतिनिधित्व गर्दै विसं।२०६४ सालको संविधानसभा सदस्य निर्वाचित भएयता जुम्लाको स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युतसहितका पूर्वाधारका क्षेत्रले ठूलो फड्को मारेको तथ्य निर्मित संरचना र प्राप्त प्रतिफलले देखाउँछन् । जसलाई मिथ्याङ्क होइन, तथ्याङ्कीय ढंगबाट आफ्ना कामलाई नेता भण्डारीले दस्ताबेजीकरण गरेका छन् । यो जिम्मेवार जनप्रतिनिधिको कर्तव्य पनि हो । उनले सार्वजनिक गरेका कार्यहरुको विश्लेषण गर्ने हो भने नेपालका कमै मात्र जनप्रतिनिधिहरुले यति धेरै रणनैतिक महत्वका कार्यहरु गरेका छन् भनेर भन्दा अतिशयोक्ति हुने छैन् । कानून तथा नीति निर्माण गर्ने सांसदहरुको दायित्व सांसदहरुले नै भुलेर टुक्रे योजनामा केन्द्रित भइरहेको वर्तमान अवस्थामा सांसदहरुलाइ नै भण्डारीले उनीहरुले गर्ने कार्यका बारेमा सन्देश दिएको देखिन्छ ।

संविधानसभा सदस्य हुँदा होस् या सडक संघर्षमा, कर्णालीसहित सिङ्गो जुम्लाको परिणामुखी विकासमा नेता भण्डारीको योगदानबारे नबुझ्ने नगण्य मात्र होलान् । उनले गरेका कामका विषयमा धेरै परिचित छन् । हरेकले उनको प्रशंसा गर्दछन् । कथित बौद्धिकहरु भने निर्वाध आलोचनामै रमाएको पाइन्छ । अपितु, बिगत्मा भण्डारीको कटाक्ष गर्नेहरु अहिले नचाहेर पनि उनले स्थापित गर्न खोजेको जुम्ला समृद्धिको मोडललाइ स्वीकार गर्न बाध्य छन् ।

संविधान सभा सदस्य हुँदा बखत भण्डारीको भूमिका

मुलुककै कान्छो मध्येको प्रत्यक्ष निर्वाचित सभासद्का रुपमा चुनिएका नेता भण्डारीले जुम्ली इतिहासमा अन्य जनप्रतिनिधिहरुले गर्न नसकेको कामहरु गरेर देखाए । उनले सभासद् हुँदाका बखत जुम्ला एवं कर्णालीको विकास र समृद्धिका लागि संविधानसभामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नामक नीजि विधेयक दर्ता गरे । सरकारले अपनत्व लियो र सरकारी विधेयकको रुपमा उक्त विधेयक पास भएर मानित विश्विद्यालय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो । जुन कणालीको इतिहासमा पहिलो र ठूलो उपलब्धि हो ।

प्रतिष्ठानमा एमबीबीएस तथा एमडीएमएस अध्यापन सुरु भएपश्चात सेतो हिँउमा सेतै एप्रोन लगाएका डक्टरहरु उत्पादन भइरहेका छन् । जीवन रक्षाका लागि अनुनय विनय गरिरहेका बिरामीहरु पठाउने जुम्ला होइन, जीवन रक्षा गर्ने डक्टर मुलुकलाइनै उपलब्ध गराउने उनको कर्णाली सपना साकार हुदैछ ।

उनकै पहलमा पहिलो कार्यकालमा शुरु भएको १२ हजार धारायुक्त हिमाली क्षेत्रको सबैभन्दा ठूलो धौलीगाड बृहत खानेपानी आयोजना अहिले निर्माणाधिन अवस्थामा छ ।

त्यस्तै, सिङ्गो जुम्ला उज्यालो पार्न सक्ने क्षमताको जुम्लाकै ठूलो चुकेनी जलविद्युत आयोजना सम्पन्नताको अन्तिम बिन्दुमा पुगेको छ । यो आयोजना दुइ महिना भित्र सम्पन्न हुने र तत्पश्चात् लोडसेडिङ्ग मुक्तको जुम्ला घोषणा गर्ने नेता भण्डारीको योजना रहेको छ । शाह वंशीय शासन व्यवस्थाको करिब ३०० वर्षपछि खस साम्राज्यको राजधानी सिञ्जा क्षेत्रमा सिञ्जा बहुमुखी क्याम्पस स्थापनाको नेतृत्व उनले गरे । सिञ्जामा क्याम्पस स्थापना पश्चात् एसएलसी÷एसईई पास गर्ने बित्तिकै गरिबै भएपनि ऋण गरेर उच्च शिक्षा पढ्न जानुपर्ने बाध्यता हटेको छ ।

त्यसैगरी, सिञ्जामा विशेष आर्थिक क्षेत्र स्थापना, जुम्ला बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्यापन प्रारम्भ, कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तहको अध्यापन थालनी, एक दशक अगाडि जिल्लाका विभिन्न माविहरुलाई उच्च माविमा स्तरोन्नति, सिञ्जामा एकीकृत सेवा केन्द्र स्थापनार्थ निर्णय गराउन र जुम्लामा ‘एक घर, एक बगैचा’ अभियानको प्रारम्भ गर्न नेता भण्डारीले ठूलो योगदान पुर्याएका छन् ।

संविधानसभा सदस्य हुँदाकै बखत विसं।२०६८ सालमा विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश निर्माणार्थ संघर्ष समिति संयोजक बनेर नेतृत्व गरे । संघर्ष समितिले काठमाडौंमा प्रधानमन्त्री कार्यालय अगाडि भद्र अवज्ञास्वरुप धर्ना, संविधानसभा अगाडि रिले अनसन र कर्णालीमा पेन डाउन कार्यक्रम आयोजना गर्यो ।

त्यसैगरी, माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव र शक्तिशाली कर्णाली विकास आयोग गठन गर्न संविधानसभामा संकल्प प्रस्ताव दर्ता गरेका थिए । मूलतः नेता भण्डारीका ती सबै गतिविधिहरु कर्णाली तथा जुम्ला समृद्धि र विकासमा लक्षित थिए ।

प्रदेशसभा सदस्यको कार्यकालमा भण्डारी

विसं।२०७४ सालको चुनावमा जुम्ला प्रदेश ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनीमन्त्रीको जिम्मेवारीमा बसे । त्यहाँ रहँदा पनि उनले कर्णाली प्रदेशका लागि आवश्यक ऐन कानूनहरु निर्माणको अगुवाइ गरे । विशेषतः जुम्लामा पर्वतीय विश्वविद्यालय स्थापनार्थ पहल गरे ।

सरकारद्वारा प्रदेशसभामा दर्ता विधेयक छलफलका लागि सामाजिक समिति गएर अड्क्यो । र त्यस भन्दा अगाडि नबढेरै प्रदेशसभाको पहिलो कार्यकाल सकियो । कर्णालीमा देखिएको संकिर्ण सोच र खुट्टा तान्ने प्रवृतिका कारणपनि कर्णाली समृद्धिमा उल्लेख्य योगदान गर्न सक्ने दिर्घकालीन् महत्वका उल्लेखित विधेयकहरु समिति र सचिवालयमा बन्धक बने ।

कानूनमन्त्री रहँदा उनले सम्पूर्ण कर्णालीबासीहरु र कर्णालीमा कार्यरत कर्मचारीहरुका लागि विपद् जोखिम बीमा कार्यक्रम कार्यान्वयन गर्न सफल भए जुन पछिल्लो समयमा निकै प्रभावकारी बन्दै गएको छ । शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनार्थ कर्णाली प्रदेशमा विभिन्न भौतिक संरचनाहरु निर्माणमा पनि विशेष पहल गरे ।

उनी सिञ्जामा पर्वतीय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापनार्थ प्रदेश मन्त्रीपरिषदबाट निर्णय गराउन उनी सफल भए । डेस्क अध्ययन भएर जवा मेगा जलविद्युत आयोजना १५ मेगावाट निर्माणार्थ पहल थालनी, जुम्ला बजार–उर्थु–मुगु सडक स्तरोन्नति, जुम्ला–डोल्पा सडक स्तरोन्नति, कुडारी–जाजरकोट सडक निर्माणमा उनकै पहलकदमी रह्यो ।

प्रदेशसभा सदस्यको जिम्मेवारीमा उनले ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ प्रस्तुत गरे । यो विधेयकलाइ सामाजिक समितिमा बन्धक बनाइयो । कर्णालीमा वैज्ञानिक आविष्कारलाइ व्यवस्थित र योजनावद्ध ढंगले अगाडि बढाउन उनले नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयक, २०७८’ प्रदेशसभा दर्ता गरे । यो विधेयकलाइ टेबुलै नगरी संसद सचिवालयमा नै थन्क्याइयो । संघीयताको इतिहासमा मुलुकभरिमा महत्वपूर्ण नीजि विधेयक दर्ता गर्ने कर्णालीका एकमात्र प्रदेशसभा सदस्य भण्डारी नै थिए ।

पहिलो कार्यकालमा कार्यान्यवयन सुरु भएको धौलीगाड बृहत खानेपानी आयोजनालाइ यही कार्यकालमा फुल फ्लेजमा कार्यान्वयन गराउन सफल भए । १२ हजार धारायुक्त हिमाली क्षेत्रको सबैभन्दा ठूलो यस परियोजनालाइ गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि दर्ता गराउन खानेपानी विभागलाइ निवेदन पठाइसकेको छ । स्रोतका अनुसार गिनिज बुक अफ वर्ल्ड कर्डकालागि यो परियोजना योग्य छ । यदि गिनिज बुकमा नाम लेखियो भने संसारभरि धौलीगाडको पानी पुर्याउने नेता भण्डारीको सपनाले सार्थकता हाँसिल गर्नेछ ।

जसरी राणाकालमा जुम्लाको मार्सी चामल हरेक दिन हुलाकसँगै दरबारमा आइपुग्थ्यो, त्यसैगरी धौलीगाडको पानी नेपालको दरबार मात्र होइन, विश्वभरिका शक्ति केन्द्र र सर्वसाधारणको रोजाइमा पर्ने र अरबौं डलर भित्र्याउन सकिने उनको विश्वास छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस तथा एमडी÷एमएस तहको अध्यापन प्रारम्भ गर्न र जिल्लाका विभिन्न गाँउपालिकामा डिप्लोमा तहको प्राविधिक शिक्षाको सुरुआतका लागि नेता भण्डारीले पहल गरे । माओवादी केन्दका उपमहासचिव शक्ति बस्नेतसँग उनले समन्वय गरेपश्चात् नेता बस्नेतको अगुवाइमा जाजरकोट जुम्ला सुरुङ्ग मार्गको डिपिआर प्रक्रिया अगाडि बढेको छ ।

संविधानसभा र प्रदेशसभा कार्यकालका साझा कार्यहरुः

खानेपानी, सिंचाई, जलविद्युत, तटबन्ध पक्की पुल, सडक लगायत जिल्लाका सयौं विकास आयोजनाहरु, टेलिफोन टावरहरुको निर्माण तथा सञ्चार सेवा विस्तार, जिल्लाभित्रको विद्युतीकरणका लागि वितरण एवं प्रसारण लाइन बिस्तार, पक्की कार्यालय, विद्यालय तथा सामुदायिक भवनहरु निर्माणमा उनले अरबौं रकम विनियोजनका लागि पहल गरेका छन् । विकासका ती परियोजनाहरु सबै कार्यान्वयन तहमा गएर अब सम्पन्नोन्मुख अवस्थामा पुगेका छन् ।

को हुन् नेता भण्डारी ?

मूलतः आफ्ना सुइना (सपना) र संघर्षको बीजबाट कर्णालीको विकास र समृद्धिको हुटहुटी बोकेका भण्डारी नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हुन् । समग्रमा आफ्नो जीवनलाई जनताको साझा हितार्थ समर्पण गरेका उनले पटके विकासले नभई बृहत र दीर्घकालीन परियोजनाबाट कर्णालीले समृद्धि हाँसिल गर्ने विचार राख्दछन् । त्यसका लागि संघीय सरकारले कर्णाली विकासमा विशेष महत्व दिनुपर्नेमा जोड दिन्छन् ।

विसं।२०५० सालमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा अध्ययनका लागि सरकारी कोटामा जुम्लाबाट एकमात्र नाम निकाल्न सफल व्यक्ति हुन् । उनले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाटै अखिल क्रान्तिकारी विद्यार्थी राजनीति सुरु गरे । बुबा नै जुम्लाको प्रमुख संस्थापक माओवादी भएकोले त्यसको प्रभाव भण्डारीलाई बाल्यकाल देखि नै थियो । त्यही प्रभावले उनी विद्यार्थी राजनीतिबाटै अघि बढे ।

पुल्चोकमा अध्ययन गर्दै गर्दा आफुसँग पढ्ने साथीहरुले हिङ् सिलाजित बोकेका मान्छे देख्ने बित्तिकै ‘हेर् तेरो जुम्ली’ भनेको शब्दहरु अहिले पनि उनको कानमा गुञ्जिरहन्छन् । जुम्ली उच्चारित शब्दले उनलाई दमन र अपमान गरेको महसुस हुन्थ्यो । देख्दा सालिन एवं भद्र लाग्ने उनीभित्रको विद्रोह सामान्य अवस्थामा रहेन । पछि उनी माओवादी पार्टीको पूर्णकालिन् सदस्य बनेर युद्धमा हिडे ।

युद्धमा हिडेपछि नेता भण्डारी राष्ट्रिय बुद्धिजीवि संगठनको केन्द्रीय अध्यक्ष हुदै पार्टीको पोलिटब्युरो सदस्यसमेत बने । अहिले पनि उनी राजनीतिक, सामाजिक तथा शैक्षिक उनन्नयनमा संघर्षरत छन् । समृद्ध कर्णाली निर्माणको हुटहुटीलाई आफ्नो सुइना र संघर्षसँग उनले जोडेका छन् । त्यही सोच अनुरुप सुरुदेखि नै आफ्नो शैक्षिक यात्रा निर्वाध अगाडि बढाएका भण्डारी अहिले राजनीतिक शास्त्रमा विद्यावारिधी शोधार्थी छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्