OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन ३१, २०७९जुम्ला,
३२७ पटक

साउन ३० गते । कर्णालीमा मष्टो लगायतका धार्मिक मेलाहरु शुरु भएका छन् ।
ऐतिहासिक धार्मिक महत्व राख्ने ति मेलाहरु कोरोनाका कारण अघिल्लो दुई बर्ष हुन सकेका थिएनन् । यसपटक मेलाहरु शुरु भएपछि चहलपहल शुरु भएको छ ।

जानकारहरुका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा ति मेलाहरु शुरु हुने धार्मिक परम्परा अनुसार धार्मिक मेलाहरु शुरु भएका हुन् । धार्मिक आस्थाका जानकारहरुका अनुसार जनैपूर्णिमा अर्थात रक्षा वन्धनका दिनबाट औपचारिक रुपमा शुरु हुने गरेका छन् ।
धार्मिक अगुवा तथा चन्दननाथ भैरवनाथ गुठि संस्थान जुम्लाका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार औपचारिक रुपमा मेलाहरु शुरु भएका हुन् ।

उहाँले मष्टो सहितका देवताहरुको पुजाआजा शुरुवात गरिएको बताउनुभयो । यस क्षेत्रमा बाह्रभाई मष्टो, वाविरा,महादेव, भैरवनाथ,कैलास, कालिका, मालिाका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, , राहदेव, झ्यादेव सहितका दर्जनौ देउताहरुको पुजाआजा हुने गर्दछ ।
देवताले दुख सुखमा साथ दिने विश्वासका साथ हरेक गाउँमा कुल पुजा गर्दै आउने चलन छ । विभिन्न तिथिमा विभिन्न देवताको पुजा गरिदै आउने चलनले यतिवेला कर्णालीका धार्मिक स्थानमा मानिसहरुको भिड लाग्न शुरु गरेको छ ।

हरेक गाउँमा धार्मिक आस्था अनुसार मन्दिर तथा थान बनाएर पुजा गर्ने, मन्दिरलाई नयाँ ध्वजा पतकाले रंग्याउने कार्य बढि हुन्छ । पुजाको दिनमा स्थानीयले नयाँ परिकारहरु बनाउने चलन पनि रहेको हिमा गाउँपालिका १ निवासी तथा कालासिल्लाका देवताका पुजारी विरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार कात्तिक पूणिमा सम्म विभिन्न पुजाआजाहरु हुने गर्दछन् ।

कर्णाली मष्टो परम्परा सहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो । यसलाई पर्यटकीय महत्वको वारेमा अझै विकास गर्न अझै सकिएको छैन् । अहिले आन्तरिक पर्यटक मात्र यस क्षेत्रमा घुम्ने गर्दछन् । तर बाह्रय पर्यटक भने यस क्षेत्रमा आकर्षण गराउने योजना बनेका देखिदैनन् ।
जनैपुणिमाको दिनमा कर्णालीको सवैभन्दा ठूलो जात्रा शुरु भएको छ । जुम्ला बजारमा नेवार समुदायले शुरुवात गरि संचालन गर्दै आएको जात्रा समेत शुरु गरिएको छ । शुक्रवार गाईजात्राबाट यस बर्षको जात्रा शुरु भएको हो ।

 

 

प्रतिकृया दिनुहोस्