OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०७९काठमाडौं
२३२ पटक

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री जनार्दन शर्माले सरकारले एक घर एक परिवारको अवधारणालाई अगाडि बढाएको बताउनुभएको छ । एक लाख रोजगारी सिर्जना हुनेगरी स्थानीय तहमा रोजगारी सिर्जना गरिने उल्लेख गर्नुभये ।

नदी किनाराका गह्रा सधैं हराभरा अभियान सञ्चालन गरिने र भूमिहीनका लागि एक लाख घर बनाइने छ । जनता आवास कार्यक्रमका बाँकी काम प्रदेश सरकारमार्फत पूरा गरिनेछ । पुराना सहरका लागि सहर पुनर्जीवन कार्यक्रम सञ्चालन गरिने छ, आगामी आर्थिक वर्ष एक लाख घर निर्माण गरेर भूमिहिनलाई प्रदान गरिनेछ ।

बागमती नदी र धोबीखोलाको बहाबलाई स्थिरीकरण र प्रशोधन गर्ने व्यवस्था गरिनेछ, धरहराको बाँकी कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।

अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन
श्रमजीवी पत्रकारलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिइएको छ । अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन पाउनेछन् ।

गृहणीलाई उद्यमी गृहणी कार्यक्रम सञ्चालन गरिनेछ, एक घर परिवार एक रोजगारीको अवधारणा अगाडि बढाइनेछ । पूर्वाधार विकासका लागि आवश्यक पर्ने निर्माण सामग्रीको दोहनलाई रोकेर तहगत सरकारलाई जिम्मेवारी दिइनेछ ।

मातृभाषामा पठनपाठन गराउने विद्यालयलाई अनुदान उपलब्ध गराइनेछ ।  स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन गरिनेछ । अब एक लाख नयाँ उद्योग तथा व्यवसाय थपिने, एक लाख रोजगारी सिर्जना गर्नका लागि तीन अर्ब रुपियाँ विनियोजन भएकाे छ । आगामी तीन वर्षभित्र प्रदेश राजधानी वा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।

सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब तीन करोड विनियोजन, ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि ७५ अर्ब १० करोड रुपियाँ विनियोजन, राष्ट्रिय विपत् व्यवस्थापनका लागि एक अर्ब ६१ करोड रुपियाँ विनियोजन छ ।

एक परिवार र एक बीमा कार्यक्रम
वित्तीय क्षेत्रलाई राष्ट्रिय पूँजी पहिचानको मुख्य केन्द्र बनाइने, सहुलियतपूर्ण कर्जामा ऋण प्रवाह गर्न १३ अर्ब ५९ करोड विनियोजन, एक परिवार र एक बीमा कार्यक्रम सञ्चालन गरिनेछ । धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाइनेछ ।

प्रतिकृया दिनुहोस्