OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०७८काठमाडौं
५१९ पटक

जुम्ला,माघ १३ गते, जुम्लामा संकलन पुर्जी र छुट पुर्जी बिना लैजादै गरेको जटिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुबै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयमा बझाइएको छ ।

पातारासी गाउँपालिका ७ बस्ने टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाईरहेको अवस्थामा जडिबुटी नियन्त्रणमा लगिएको हो । संकलन पुर्जी तथा छुट पुर्जी बिना लैजाँदै गरेको ४० क्वीन्टल सेतक चिनी जडीबुटी प्रहरीले कब्जा गरेको हो ।

चालक सहित दुबै ट्याक्टरलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाईएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ :

यसैगरी जिल्ला प्रहरी कार्यालय जुम्लाले ज्यान मार्ने उद्योगमा आरोपित फरार प्रतिबादी एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । तिला गाउँपालिका ४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाहीलाई घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चालु आ.ब.२०७८।०७९ मा ज्यानमार्ने उद्योग मुद्दामा आरोपित प्रतिवादी कलम शाही ज्यान मार्ने उद्योग मुद्दामा वारदात मिति देखी फरार रहेका थिए ।

प्रतिबादी शाहीलाई पक्राउ गरेर जिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थप अनुमति लिइ हिरासत कक्षामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्