OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर २५, २०७८जुम्ला
८९७ पटक

मंसिर २५ गते,
आईतवार मंसिर २६ गते उद्धाटन गरिने एमविविएस कार्यक्रमको तयारी पुरा भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पत्रकार भेटघाट गरेर कार्यक्रमको तयारी भएको जानकारी गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले एमविविएस कार्यक्रमको उद्धाटन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धाटन गर्नु हुने औपचारिक जानकारी दिनुभएको छ ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा आयोजना गरिएको पत्रकार भेटघाटमा प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरेर कार्यक्रमको जानकारी गरिएको हो । प्रवक्ता डाक्टर रमेश भट्टराईको हस्ताक्षरीत विज्ञप्तिमा प्रतिष्ठानमा एमविविएस, विएनएस, वि फार्मा लगायतका कार्यक्रम संचालनमा ल्याउनु कर्णाली र राष्ट्रको गौरवको बिषय रहेको बताईएको छ । प्रतिष्ठानले यि सवै कार्यक्रममा सहयोग गर्ने सवै निकाय र महानुभावहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

प्रतिष्ठानले स्विकृत २० मध्य १९ जनाले एमविविएस भर्ना गरिसकेको जानकारी दिएको छ ।

यस्तो छ तयारी :
कर्णालीको कोषेढुंगाको रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डाक्टर उत्पादन गर्ने बिषयको बहुप्रतिष्ठित कार्यक्रमको उद्धाटन तयारी पुरा भएको छ ।
प्रतिष्ठानको केन्द्रीय कार्यालयको प्रांगणमा एक एक भब्य समारोहका वीच राष्ट्रपति भण्डारीका लागि सरकारको विशेष सुरक्षा टोली जुम्ला आईपुगेको छ । स्थानीय स्तरमा रहेका सवै सुरक्षा निकायले सतर्कता अपनाएको देखिन्छ ।

कार्यक्रम र राष्ट्रपति भण्डारी सहितका पाहुनाहरुलाई स्वागतका लागि नेपाल सरकारका स्वास्थ्य जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ, स्वास्थ्य तथा जनसंख्या मत्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डाक्टर रमेश ढकाल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्री कृष्ण गिरी, डाक्टर गुणाराज लोहनी, प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल सहितको टोली जुम्ला पुगेको प्रमुख सल्लाहकार डाक्टर रमेश ढकालले जानकारी दिनुभयो ।

यसैगरी कर्णाली प्रदेश प्रमुख तिलक परियार समेत सो कार्यक्रममा सरिक हुन अघिल्लै दिन जुम्ला आईपुग्नु भएको छ ।

प्रतिष्ठाले कार्यक्रमका लागि मञ्च व्यवस्थापन, स्वागत तयारी, मिडिया समन्वय र अन्य व्यवस्थापन गरिसकेको बताईएको छ । कार्यक्रमको अघिल्लो दिन प्रतिष्ठानमा थप सरसफाई र सुरक्षा कडा गरिएको देखिन्छ । प्रतिष्ठानले डयूटि वाहेकका सवै जनशक्ति र कर्मचारीलाई व्यवस्थापनमा समेत खटाएको छ ।

आईतवार ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आएर कार्यक्रम उद्धाटन हुने तालिका तय भए पछि स्थानीयमा थप उत्साह छाएको छ । यद्यपी सो कार्यक्रममा सहभागी हुने सवैले १०ः०० उपस्थित हुनुपर्ने छ ।

नेपाल पत्रकार महासंघ जुम्लाले सो कार्यक्रमका लागि पत्रकारहरुलाई औपचारिक सूचना प्रवाह गरेर समाचार संकलनमा उपस्थित हुन जानकारी गरेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्