OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही माघ १८, २०७७ सुर्खेत
६४४ पटक

१८ माघ २०७७, आईतबार

नोबेल कोरोना भाइरस .(कोभिड–१९) को संक्रमणबाट कर्णाली प्रदेशका ३० जनाले ज्यान गुमाएका छन् ।

आज गुराँस गाउँपालिका ५ दैलेखका ६४ वर्षीय एक जना पुरुषको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाो कुल संख्या ३० पुगेको हो । माघ ७ गते कोराना संक्रमण पुष्टि भई कर्णाली प्रदेश अस्पताल सुर्खेतको आईसियुमा उपचारको क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

लामो समयदेखि उनी उच्च रक्तचापको बाट ग्रसित थिए । यस अघि २९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाईसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा हालसम्म ९७ हजार ५९ जनाको आरटी पीसीआर परीक्षण गर्दा सात हजार ५१३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा सात हजार २९० (९० प्रतिशत) निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्