OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १७, २०७७काठमाडौं
६३० पटक

 

नवीन शिशिर विक
बागलुङ, माघ १५ गते । टिनको छानो, खरको पाली, दुई तले कच्ची घर । घरको पूर्वपट्टी बाख्रा, कुखुरा राख्ने खोर । सानो टुक्रा जमिन । पश्चिम पट्टी सानो आगन । आगनको कुना तिर मोटो दाउराको ‘किलो’ ।

 

यस्तो दृष्य देख्न पाईन्छ बागलुङको निसीखोला गाउँपालिका–७ पूर्णीकोटका सुमित खत्रीको घरमा । घरको आगनमा बलियोसँग गाडेको किलो पसुचौपाया बाध्नलाई होईन, सुमित खत्रीले आफ्नै छोरी ११ वर्षिया नुमानी क्षेत्रीलाई बाध्य बनाउनुभएको हो ।
शारीरिक तथा मानसिक रुपमा अपाङ्ग नुमानीलाई हरेक दिन त्यही किलोमा ढोरीले बाँधेर राखिन्छ । बहुअपाङगता भएकी नुमानी आफँै समालिएर हिँड्न नसक्ने, जथाभावी हिँड्ने र सहारा दिन परिवारका सदस्यलाई कठिन हुने भएपछि बाँधेर नियन्त्रण गर्न थालिएको नुमानीकी आमा बोमी खत्रीको भनाइ छ ।
जन्मेको दुई वर्षसम्म हिँड्डुल नगरेपछि अभिभावकले नुमानीमा शारीरिक समस्या भएको पत्तो पाए । त्यसलगत्तै, गुल्मीको अस्पतालमा लगेर नियमित आईरनलगायतका औषधी चलाएपछि ढाडको हड्डी त जोडियो तर उहाँ पूर्णरुपमा निको हुन सक्नुभएन । नुमानीको खुट्टा बाँङ्गो छन् । हिँड्न पर्दा हात खुट्टाले घिस्रेर भित्र बाहिर गर्नुपर्ने बाध्यता छन् ।
नुमानी बोल्न समेत सक्नु हुन्न । नुमानी मानसिक रुपमा पनि सुस्त मनस्थिति भएको बाबु सुमितको भनाइ छ । छोरीलाई ठुलो अस्पताल लगेर उपचार गर्न सकिएन उहाँले भन्नुभयो–विदेशीले उपचार गर्न लैजाने तर फिर्ता नदिने बताएपछि छोरी दिन सकेन ।’
नुमानीले आफ्नो दिशा पिसाव समेत गर्न नसक्ने उहाँकी आमा बोमी खत्रीको भनाइ छ । ‘एउटालाई यही छोरीको हेरचार गर्दा दिन बित्छ’ उहाँले भन्नुभयो– ‘नबाँध्ने हो भने त घरको काम पनि गर्न पाइँदैन ।’ हरेक दिन छोरीको ढाँडमा बाँधेर ठाडो पर्दा आफ्नो मुटुमा गाँठो पर्ने उहाँले बताउनुभयो ।
जस्तो भए नी आफ्नो रगत हो’ उहाँले भन्नुभयो– ‘योसँगै जन्मेकाले ६ कक्षामा पढ्छन् यसले आफ्नो दिशा पिसाव समेत गर्न सक्दैन । ठुलो अस्पतालमा उपचार गराउन सके छोरी निको हुने उहाँको आसा जीवितै छ । छोरी आफैँ सम्हालिएको हेर्ने धोको छ, आमा बोमीले भन्नुभयो– ‘विहान बेलुकी छाक टार्न कठिन भएको परिवारले कसरी ठुलो अस्पताल लैजाउँ ।’ ठुलो परिवार भएको हुँदा दैनिकी समेत चलाउन कठिन भएको खत्रीको भनाइ छ । खत्रीको परिवारमा पाँच बहिनी छोरी छन् । दैनिकी ज्याला मजदुरीबाट परिवार चल्दै आएको छ । नुमानीले पूर्ण अपाङ्ग भत्ता पाउँदै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्