OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ३, २०७७
७३२ पटक

केही वर्षअघि विश्वकै सबैभन्दा धनी व्यवसायी रहेका अमेरिकी अर्बपति बिल गेट्स अब अमेरिकाकै सबैभन्दा ठूला किसान बनेका छन् ।

माइक्रोसफटका सह–संस्थापक गेट्सले खरिद गरेको खेती गर्ने जमिन २ लाख ४२ हजार एकड पुगेको छ । यससँगै उनी अमेरिकाकै सबैभन्दा ठूला किसान बनेका हुन् । न्यूजवीकका अनुसार गेट्सको खेतीयोग्य जमिन क्यालिफोर्निया, इलिनोइस, लोवा, लुसियाना र १५ अन्य राज्यहरुमा छ ।

२०१७ मा खेतीयोग्य जमिन किन्नका लागि गेट्सले ५२० मिलियन खर्च गरेका थिए । त्यतिबेला उनले क्यानडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्डको स्वामित्वमा रहेको जमिन किनेका थिए । अहिले गेट्सको स्वामित्वमा एरिजोना, अर्कान्सस, क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, इडाहो, इलिनोइस, लोवा, लुसियाना, मिसिसिपी, नेब्रास्का, न्यू मेक्सिको, नर्थ क्यारोलिना, वाशिङटन, विस्कन्सिन र व्योमिङमा खेतीयोग्य जमिन छ ।

उनका सबैभन्दा ठूला ५ खेतीयोग्य जमिन प्लटहरुमध्ये लुसियानामा ६९ हजार ७१ एकड, अर्कान्ससमा ४७ हजार ९२७ एकड, एरिजोनामा २५ हजार ७५० एकड, नेब्रास्कामा २० हजार ५८८ एकड र नेब्रास्कामा १४ हजार ८२८ एकड छ ।

प्रतिकृया दिनुहोस्