OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २०, २०७७
१२१२ पटक

एजेन्सी । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा कार्यरत ११ जना मजदुरहरु हत्या भएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो। हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।

मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू रहेका छन । शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई अमानवीय आतङ्ककारी कार्य भन्दै निन्दा गरेका छन्। त्यो आक्रमण शनिवार अबेर राति उक्त प्रान्तको राजधानी क्वेटा नजिकैको माच सहरमा भएको हो। उक्त क्षेत्र अफगानिस्तानको सीमा नजिकै पर्छ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र निम्न आय भएका मानिसहरु बस्ने क्षेत्र हो। हतियारधारीहरूले ती मजदुरहरूलाई उनीहरूको सामूहिक वासस्थानबाट अपहरण गरी नजिकैको पहाडमा लगेका थिए। ६ जना मजदुरहरू घटनास्थलमै मारिएका थिए भने अन्य पाँच जनालाई अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको स्थानीय अधिकारीहरूले बताएका छन ।

हत्याको विरोधमा न्याय माग्दै पीडितका परिवारले मुख्य सडकमा शव राखेर सवारीसाधनहरू रोकेका छन्। दोषीलाई पक्राउ गरी कारवाही गरिने अधिकारीहरूले बताएका छन । सुन्नीबहुल पाकिस्तानमा हजारा समुदायलाई कट्टरपन्थीहरूले बारम्बार निसाना बनाउँदै आएको बिबिसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्